विप्लव नेकपानिकट अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई अदालतले रिहा गरेलगत्तैं प्रहरीले पुन गिरफ्तार गरेको छ ।

आज कैलाली अदालतबाट धरौटीमा रिहा भएकी चन्दलाई अदालत परिसरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

करिब १० महिना कारागार बसाईपछि आज रिहाई भएकी अध्यक्ष चन्दलाई सरकारले पुनः गिरफ्तार गरेपछि नागरिक समाज, पत्रकार सबैले त्यसको घोर विरोध गरेका छन् ।

अध्यक्ष बन्धु चन्दलाई प्रहरीले पूर्वतिर लगेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार