पहिलो नम्बरमा ओली सरकारले नेपालको राजनीतिक इतिहासमै सबैभन्दा बढी राष्ट्रघातका श्रृङखलाहरु बढाउन सफल भएको छ ।

जस्तै ओली सरकारले आफ्नो देशको भूभाग कालापानी , लिपुलेक र लिम्पियाधुरा भारत सरकारले आफ्नो नक्सामा गाभ्दासम्म भारत सरकारसंग आफ्नो मुलुकको गुमेको भूभाग फिर्ता लिन कुटनैतिक तथा राजनीतिक कार्यलाई अगाडि बढाउने र नभएमा लडाइँ लड्न तयार हुने आँट गर्नु त कहाँ हो कहाँ ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक कल फोन गर्ने हिम्मत पनि गर्न सकेका छैनन् ।

आफ्नो मुलुकको भूभाग अर्काको देशमा गाभिदा सम्म पनि टुलुटुलुटुलु हेरर भत्ता पचाउने र आफ्नो स्वास्थ्यको मात्रै ख्याल गरेर हप्तामा दुई तीन पटक स्वास्थ्य चेक गराउन अस्पतालतिर कुदी मात्रै रहने भारत सरकारसंग चूं पनि गर्न नसक्ने यस्तो नालायक सरकार नेपालको इतिहासमा पहिलो नै हो ।

दोस्रो नम्बरमा आफ्नो देशको ८३ स्थानमा भारत सरकारले सीमा अतिक्समन गर्दासमेत, देशको ६० हजार हेक्टर जमिन भारत सरकारले अतिक्रमन गरिसक्दााम्सम भारत सरकारसंग चूं सम्म पनि गर्न नसकेर उसकै सामु लम्पसार परिरहनु यो जत्तिको राष्ट्रिय गध्दारी अरु के हुन सक्छ र !

तेस्रो नम्बरमा विप्लव नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर जुन फासीवादी तरिकाले भीषण खमनचक्र चलाएको छ । यो ओली सरकारको राजनीतिक रुपमै सबैभन्दा ठूलो जनघात र राष्ट्रिय गध्दारी हो । किनभने ओली सरकारले विप्लव नेकपामाथि आफ्नै संविधान विपरित कार्य हो ।

चौथो नम्बरमा हत्या , बलत्कारका घटनाहरुलाई दण्डनीय सावित गरेर अपराधीहरुलाई कडा कडा दण्ड सजाए गर्नुपर्नेमा उल्टै ओली सरकारले हत्यारा र बलत्कारीहरुलाई संरक्षण दिएर त्यस प्रकारका अपराधीहरुलाई प्रोत्साहित गर्ने कार्य गरेर अनैतिक , अराजनीतिक , गैर कानुनी र घोर जनघाति कार्य गर्दै आएको छ ।

पाँचौ नम्बरमा आफूलाई कम्युनिस्टहरूको दुई तिहाईको बहुमतको सरकार भनाउने ओली सरकारले एकातिर समाजवाद उन्मुख सरकार पनि भन्ने गरेको छ अर्कोतिर शिक्षा , स्वास्थ र अन्य जनसरोकारका विषयहरुमा माफीयाकरण , दलालीकरण, बिचौलीयाकरणलाई हावी तुल्याइएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताको ढाड सेक्ने सिवाय अन्य जनसरोकारका विषयमा माँखोसम्म पनि मार्ने कार्य गरिएको छैन ।

छैटौं नम्बरमा कम्युनिस्टहरूको दुई तिहाईको सरकार भन्न लाज सरम नमान्ने ओली सरकारले बेरोजगारी समस्या प्रति कुनै चासो नराखेर लाखौं युवाहरुलाई विदेश पलायन हुन बाध्य तुल्याइरहेको छ ।

रमिटेन्सले देश चलिरहेको छ भनेर गफ दिन पनि लाज सरम छैन ओली सरकारलाई ।

सातौं नम्बरमा अर्को आफूलाई कम्युनिस्टहरू सरकार भन्ने ओली सरकारले प्याज, लसुन र आलुको भाऊ १ केजीको ५०० / ६०० रुपैयाँ सम्म पुग्दासम्म चुप्प बस्ने यो कहाँको कम्युनिस्ट सरकार रहे छ ?

आठौं नम्बरमा जनताको दिन दैन्यको हरक्षेत्रमा हरेक बस्ततुको मूल्य भाउ आकासिदासम्म कानमा आौला घुसाएर बस्ने कार्य ओली सरकारको दुई वर्षे कार्य कालको असली कार्य सावित भएको छ ।

नवौं नम्बरमा भ्रष्टाचारलाई मौलाउन दिनु ओली सरकारको मुख्य कार्य भएको छ । वाइडवडी भ्रष्टाचार काण्डलाई ढाकछोप गर्ने र अपराधी हरुलाई बचाउनु ओली सरकारको प्रसंसनीय कार्य बन्न पुगेको छ ।

दशौं नम्बरमा ललिता निबास र बालुवाटारका घोटाला काण्डमा डाक्टर बावुराम भट्टराई, माधवकुमार नेपाल , विष्णु पौडेल लगायतका महाभ्रष्टचारीहरुलाई बचाएर ओली सरकारले यो दुई वर्षे कार्य कालमा सबैभन्दा बढी बहादुरीपूर्ण कार्य गरेको छ ।

एघारौं नम्बरमा यो ओली सरकारले आफ्नो दुई वर्षे कार्य कालमा स्थानीय निकायहरु मार्फत र स्वयं सरकार कै तर्फबाट जनतालाई कर लगाएर व्यापक भ्रष्टाचार गर्नु, गर्न लगाउनु र भ्रष्टाचारीहरुलाई प्रोत्साहित तुल्याउने , तिनिहरुको संरक्षण गर्नु यो वर्षे कार्य कालमा ओली सरकारको ज्यादै प्रशंसनीय कार्य सावित हुन पुगेको छ ।

कस्तो रहयो ओली सरकारको दुई वर्षे कार्य काल भनेर समीक्षा गर्ने सन्दर्भमा सरसर्ति हेर्दा के देखिन्छ भने इतिहासमै भ्रष्टाचार , अनैतिकता , अराजकता , हत्या हिंसाको बढ्त्तोरी , दण्डहीनता , लुटतन्त्र, राजनीतिक प्रतिशोधिता , राष्ट्रघाति, जनघाति कार्यको बढ्त्तोरी , चोर ,हत्यारा , लुटेरा , कालाबजारिया, कमिशनखोर , तस्कर , माफीया आदि असामाजिक तत्वहरुको संरक्षण गर्ने सरकारको रुपमा नेपालको राजनीतिक इतिहासमा लेखाउन यो ओली सरकार आफ्नो दुई वर्षे कार्य कालमै सफल भएको छ ।

आशा भन्दा निराशा धेरै दिएको ओली सरकारका लागि यत्ति समीक्षा काफी होला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार