
निवर्तमान संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिनुको कारण ७० करोडको कमिसनमा नपुगेर झण्डैं ५ अर्बको माग गरेपछि अडियो टेप बाहिरिएको हो ।
बास्कोटासँग डिल गरेका स्वीस एजेण्ट विजय प्रकाश मिश्रले ४ अर्ब ८० करोड कमिसन माग गरेपछि अडियो टेप सार्वजनिक गरेको बताएका छन् ।
सेक्युरिटी प्रेस प्रिन्टिनको खरिदमा बास्कोटालाई ७० करोड नियमसँगत तरिकाले आउने भएपनि सो भन्दा बढी अर्बौ माग गरेपछि एजेण्ट मिश्रले अडियो टेप सार्वजनिक गरिदिएका हुन् ।
स्वीस कम्पनीलाई छोडेर जर्मनी कम्पनीलाई सरकारले काम दिएपछि स्वीस दुतावासको सहमतिमा शर्माले अडियो टेप बाहिर ल्याइदिएका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको लागत २६ अर्ब रुपैयाँबाट बढाएर ४२ अर्ब रुपैयाँ पुर्याइयो । यसमा मात्र १६ अर्बको चलखेल देखियो ।
टेपकाण्डमा समेत पौने एक अर्बको कमिशनको विषय स्पष्ट सुनिएको छ जुन स्वीस कम्पनिका एजेन्ट भनिएका विजय मिश्रसँगको कुराकानी हो । तर, स्वीस कम्पनीले नभई फ्रान्स र जर्मनीको कम्पनीले पाए ।







