संरा अमेरिका नेपाली घरेलु राजनीतिसँग फेरि प्रत्यक्ष जोडिन आएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कारण नेपालमा राजनीतिक सरगर्मी बढेको अनुभव हुन्छ । एमसीसी अमेरिकाको एसिया–प्रशान्त रणनीति (IPS)  को अङ्ग हो – होइन भन्नेबारे बहस चल्दै छ । एमसीसीमा नेताहरू पक्ष विपक्षमा देखिएका छन् । यहाँको प्रस्ट धारणाको निम्ति आग्रह गर्दछौँ ।

संरा अमेरिकाको चरित्र ‘सियो भएर पस्छ र फाली भएर निस्कन्छ’ भन्ने कहावतसँग मिल्छ । बेलायती साम्राज्यवादीहरूले संस्कृत भाषामै चाणक्यको अर्थशास्त्र अध्ययन गरे तथा त्यही नीति भारतकै विरोधमा लागू गरे ।

दुई सय वर्षसम्म भारतलाई उपनिवेश बनाए । बेलायतबाटै सिकेर संरा अमेरिकाले झण्डै विदेशमा २०० भन्दा बढी सैन्य शिविरहरू तैनाथ ग¥यो । सेना र सैन्य शिविर पूmलदानको गुलाब होइन ।

दक्षिण एसियामा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र ‘हिन्द–प्रशान्त रणनीति सैन्य गठबन्धन एउटै सिक्काका दुई पाटा हुन् ।देश र जनताको हित हेर्नेभन्दा पदलोलुप र अल्पदृष्टिका नेपाली राजनैतिक नेताहरूको कमजोरीका कारण देश धुजा–धुजा बन्ने सँघारमा छ ।

नेपाली शासकहरू एमसीसी लागू गर्न किन आतुर छन् ? देशलाई ठूलो फाइदा हुने बताउँदै छन् । लागू भएको खण्डमा देशको भावी चित्र कस्तो हुने देख्नुहुन्छ ?

योभन्दा मूर्खता अरू के होला ¤ कोरिया, भियतनाम, लाओस, कम्बोडिया, अफगानिस्तान, इराक, लिबिया, सिरिया र इरानबाट सिक्न नचाहने नेपाली शासकहरू सम्भवतः अमेरिकी जालमा फसिसकेका छन् । अमेरिकाले पहिले डलर खुवाउँछ, अनि लठ्ठीले तह लगाउँछ ।

चीन – अमेरिकाको चेपुवामा नेपाल पर्दै छ भन्ने एकथरिको विश्लेषण छ । के यो सत्य हो ?

संरा अमेरिका दक्षिण–पूर्वी एसियाली देशहरूलाई आफ्नो मातहतमा राख्न चाहन्छ र एसियाली देशहरूलाई आपसमा भिडाएर सबैलाई हैकम चलाउने दाउमा छ । अमेरिकाले भारत र नेपाललाई चीनमाथि आक्रमण गर्ने र गराउने सम्भावना प्रबल छ ।

संरा अमेरिका एक साम्राज्यवादी शक्ति हो, ऊ लडाइँ र लुटपाटले मात्र अगाडि बढेको शक्ति हो । अब लडाइँबाटै उसको अन्त पनि हुन्छ, इतिहासको नियम यही हो ।

आफ्नो पार्टी निकट मजदुर–किसान पत्रिकाका पूर्णाङ्क २३ लाई दिएको अन्तर्वार्ताको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार