
तपाईंले किन अडियो रेकर्ड गर्नुभएको ?
मैले त उनीहरूलाई अदालतमा उभ्याउने हो ।जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।
कसरी कुरा गर्नुभयो ?
पैसा कति आउँछ र काम भयो भने कसरी हुन्छ भनेर मसँग जिज्ञासा राखेका हुन् । हामीलाई कति आउँछ, तलाईं कति हुन्छ भनेर सोधेका छन् । लागत अनुमानमा एक अर्ब बढाउँदा कसलाई थाहा हुन्छ र भनेका छन् । मैले फोनबाटै भिडियो रेकर्ड गरेको हुँ । यो रेकर्ड सुरुमा सम्बन्धित निकायका धेरै मान्छेलाई सुनाएँ । भिडियोमा मन्त्रीको अनुहार झल्याकझुलुक मात्र देखिने भएकाले अडियो मात्र पठाइदिएको हुँ ।
प्रधानमन्त्रीलाई अडियोबारे थाहा छ ?
मैले दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्याएको थिएँ । तर मेरो अनुमतिबिना कतै बाहिर नजाने सुनिश्चित गरेको थिएँ । सांकेतिक भाषामा भएको हुनाले मैलेबाहेक कसैले पनि यसलाई अर्थ्याउन सक्दैन । उनले पनि केही कारबाही गर्ने छाँट देखाएनन् ।
कतिमा ॅडिल’ थियो ?
५५/६० करोड वा त्यही सेरोफेरो मात्रै आउने भनेपछि मन्त्री बाँस्कोटाले २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त भनेका हुन् । उनले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन् ।
सुरुमा बाँस्कोटाले तपाईंलाई विश्वास गरेका रहेछन् ?
उनीहरूले स्विट्जरल्यान्डको कम्पनीसँग किन्ने भनी प्रक्रिया बढाउने बताए । सरकारले त्यहाँको कम्पनीलाई चिठी पठायो । बाँस्कोटाले यहाँको राजदूतलाई फोन गर्दा समय दिएनछन् । अनि मलाई फोन गरेर समय मिलाइदिनुपर्यो भनेर आग्रह गरे ।
‘प्रधानमन्त्री…
त्यही क्रममा भेटेर कुरा गरौं भने । अनि म मन्त्रीको कार्यकक्षमा जाँदा संयोगले खिचिएको हो, खिच्छु भनेर योजनाबद्ध रूपमा खिचेको पनि हैन । भिडियो डेढ वर्षअघि खिचिएको हो । म खराब हुन्थें भने उतिबेलै सार्वजनिक गरिदिन्थें । मैले अहिले सही समयमा उठाएको भएर उनीहरू चुप लागेर बसेका छन् । अहिले आएर थाहा भयो, मन्त्री बाँस्कोटा बहुत फटाहा मान्छे रहेछन् ।







