
नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरुले प्रहरी हिरासतमै वीर अस्पतालमा उपचार गराइरहेका नेकपा विप्लवका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीको स्वास्थ्य स्थिति बुझेका छन् ।
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ३ नंं प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले अस्पताल पुगेर नेता लोहनीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।
स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएपछि वीर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका लोहनीको स्वास्थ्य स्थितिको जानकारी लिन नेताद्वय गजुरेल र शर्मा दिउसो ४ बजे वीर अस्पताल पुगेका थिए ।
भेटमा नेताहरु गजुरेल र शर्माले लोहनीलाई स्वास्थ्य लाभको कामना गर्नुका साथै जारी राष्ट्रिय स्वाधीनताको आन्दोलनका सन्दर्भमा पनि संक्षिप्त कुराकानी भएको नेता शर्माले जानकारी दिए ।
गुणराज लोहनीलाई ओली नेतृत्वको सरकारको राज्य प्रशासनले माघ ६ गते चितवनबाट दोस्रो पटक पक्राउ गरेको थियो । पक्राउ गरेर मकवानपुरको प्रहरी हिरासतमा राखेको बेला स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारको लागि वीर अस्पताल ल्याइएको थियो ।
लोहनी यस अघि पनि चितवनबाट नै पक्राउ परेका थिए । करिब एकमहिना भन्दा लामो समय प्रहरी हिरासतमा रहेका उनी दिर्घरोगी रहेको भन्दै सामान्य तारेखमा छुटेका थिए । अस्वस्थ रहेकै कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा समेत दिएका थिए ।
पहिलो पटक प्रहरी हिरासतबाट छुटेपछि लोहनीले एउटा अभियान बनाएर सीमा अतिक्रमण र एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको अभियान समेत चलाउन सुरु गरेका थिए ।
यहीबीचमा फेरि विभिन्न झुठा मुद्दा लगाई हिरासतमा राखिरहेको छ । लोहनीमाथि भएको राज्यको ज्यादतीको चौतर्फी रुपमा विरोध तथा भत्र्सना भइरहेको छ र विनाशर्त अविलम्ब रिहाईको माग उठिरहेको छ ।
यसैबीच, नेता लोहनीकी जीवन संगिनी सरला रेग्मीले फेसबुकमा मर्मस्मर्शी स्टाटस लेख्दै न्यायका लागि आवाज उठाइदिन मानवअधिकारवादी, पत्रकार, देशभक्तहरुलाई अपिल गरेकी छन् । उनले लेखेकी छन्, “हाय गणतन्त्र,गणतन्त्रको लक्ष्य थियो । बन्दीहरूलाई सहि बिन्यास गर्नु र रूपान्तरण गर्नु ।







