
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफ्नो सचिवालयमा आफ्ना र नेकपा अध्यक्ष पुष्पकमल दाहालाका नातेदार भरेका छन् ।
आफ्ना आफन्तलाई जागिर खुवाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई माथ खुवाउने गरी सापकोटाले सभामुख बनेपछि पौडेल परम्परालाई नैं अनुसरण गरेका छन् ।
सापवकोटाले आफ्नो प्रेस सल्लाहकारमा भतिज विष्णु सापकोटा जुगलका साला श्रीधर न्यौपानेलाई नियुक्त गरेका छन् । सिन्धुपाल्चोक निवासी न्यौपाने पहिलाका रेडियोकर्मी र अहिलेका एनजिओकर्मी हुन् । जुगल नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक हुन । उनले आफ्ना सालालाई सभामुखको सचिवालयमा राख्ने दाहालको शक्ति परिचालित गरेको चर्चा संसद सचिवालयतिर छ ।
त्यस्तै सापकोटाले आफ्नो प्रमुख स्वकीय सचिवमा नेकपा अध्यक्ष दाहालका जेठो ज्वाइँ सागर केसीलाई नियुक्त गरेका छन् । केसी यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि प्रमुख स्वकीय सचिव नै थिए ।
यसअघि पनि उनले आफ्ना आफन्त र दाहालको सिफारिसलाई जसरी भएपछि भर्ति गरेरै छोड्ने छबी बनाएका थिए । अहिले पनि त्यसलाई निरन्तरता दिएका हुन ।
सापकोटाले जेठा छोरा दीपक सापकोटालाई पुर्ननिर्माण प्राधिकरणमा जागिर खुवाएका छन् । भने कान्छा छोरालाई परराष्ट अध्ययन मामला प्रतिष्ठानमा उपनिर्देशक बनाएका छन् । भने माइला छोरा नेपाल सरकारको शाखा अधिकृत छन् ।







