सत्ताधारी नेकपाको सचिवालय बैठकले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाका विषयमा छानविनका लागि केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने भएको छ ।

पूर्वमन्त्री बास्कोटाले ७० करोड कमिशन मागेको अडियो रेकर्ड बाहिरिएपछि बास्कोटाले राजिनामा समेत दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा बास्कोटाको विषयलाई लिएर कांग्रेस र अन्य पार्टीले तीव्र विरोध गरेपछि सत्ताधारी नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी आजैको सचिवालय बैठकले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा कुनैं निश्कर्ष निकाल्न नसकेको बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा एमसीसीका विषयमा अर्को बैठकमा पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार बैठकले आवश्यक परे एमसीसीका विषयमा सरकारले अमेरिकासँग सरसल्लाहसमेत गर्ने निर्णय गरेको जानकारी दिए ।

विवादित बनेको एमसीसी अध्ययनका लागि नेकपाले बनाएकाे एमसीसी कार्यदलले गत बुधबार नै नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार