
गुणराज लोहनी विप्लव नेकपाका पूर्व केन्द्रीय सदस्य थिए । गंभीर शारीरिक बिरामी भएपछि उनलाई सो पार्टीले केन्द्रीय समितिबाट बिदा गर्यो । उनी सो पार्टीमा रहेनन् ।
तर उनलाई रामबहादुर थापा बादल गृहमन्त्री रहेको गृहप्रशासनले लगातार गिरफ्तार गरेको गर्यैछ ।
लोहनी ‘माइजथेनिया ग्रयाविज र याङकाईहुई स्पोन्डिलाईटिस’ लगायत धेरैं रोगबाट पीडित छन् तर जनयुद्ध लडेर आएको प्रचण्ड-बादलले नेतृत्व गरेको गृहप्रशासन उनलाई गिरफ्तार गरेर थप यातना दिने काम गरिरहेको छ ।
मानवीयताको थोरैं पनि संवेदनशीलता हुन्थ्यो भने राणा शासन र पंचायती शासनले यस्तो सास्ती दिदैनथ्यो होला । तर गंभीर बिरामी लोहनीलाई सरकारले दुख दिएको दिइएै छ ।
गुणराज लोहनी एउटा बौद्धिक राजनीतिक प्राणी हुन् । २५,३० वर्षदेखि आमुल परिवर्तन र राष्टिय स्वाधिनताका लागि संघर्ष गरेर आएको मान्छेमा कुनैं पार्टी छोड्दैं मा स्वतन्त्र ढंगले आफ्ना विचार र अभिव्यक्ति स्वतन्त्रता बाहिर व्यक्त नगर्ने हुन्छ र ?
उनी देशभक्त हुन् । परिवर्तनकारी चाहने मान्छे हुन् । आमुल परिवर्तनका लागि दश वर्षे जनयुद्धमा होमिएका एक बौद्धिक व्यक्ति हुन् । उनले जनयुद्धमा जीवनसाथी गुमाए । धेरैं चिज गुमाए ।
प्रचण्ड र बाबुरामले जस्तैं सत्ता र सुविधाका लागि सबथोक छोडेर प्रचण्डकैं पछि लागेको भए उनले सांसद र मन्त्री पाउने थिए । तर उनले सत्यको बाटो त्यागेनन् ।
जनताको बाटो रोजे । आफु हिडेको बाटो छोडेनन् ।

त्यसैंको परिणाम हुनसक्छ लोहनीलाई प्रतिक्रियावादी क्याम्पमा पुगेका प्रचण्ड बादल नेतृत्वको सरकार प्रशासनले (पार्टी छोडिसकेका) गंभीर बिरामी हुँदासमेत उनलाई दुख दिन सकिरहेको छैन ।
विप्लव नेकपा छोडी सकेका गुणराज लोहनी देशभक्त भएकैं कारण उनले स्वतन्त्र भएर पनि राष्टियताका निम्ति बोल्न भने छोडेनन् । उनले आफ्नो देशलाई अमेरिकी र भारतीय साम्राज्यवादले एमसीसी र कालापानीको बाटोबाट आक्रमण गर्दा चुप लागेर बस्न सकेनन् । उनले अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको नेपालमाथि तीखो आक्रमणका विरुद्ध खुलेआम बोले, लेखे ।
के उनले देशको पक्षमा बोल्नु र लेख्नु अपराध थियो त ? तर बिडम्वना कम्युनिस्ट नेतृत्वको सरकारलाई त्यो असहैह्य भयो ।
हिजो प्रचण्ड र बादललाई नेतृत्व मानेर जनयुद्ध लड्दा यो हबिगत हुन्छ होला भन्ने थाहाँ पाएको भए उनले प्रचण्ड र बादलको बाटोमा हिड्दैनथिए होला ।
बादलजी, तपाई आफैं गुणराज लोहनीलाई राम्रैसँग चिन्नुहुन्छ । उनी अहिले के गर्छन् ? उनी पार्टीमा छन् या छैनन् ? अहिले उनी कुनै मोर्चा निर्माण गरेर स्वतन्त्र गतिविधि गरिरहेका छन् भन्ने कुरा तपाईलाई राम्रैसँग थाहाँ छ ।
दुुनियाँलाई थाहाँ छ, उनले पार्टी छोडेको, पार्टी छोडेर स्वतन्त्र देशभक्त मोर्चा खोलेर स्वतन्त्र गतिविध गरेको । यो बेला उनले विप्लव नेकपाको झण्डा समाएर कुनैं गतिविधि गरिरहेका छैनन् । कतैं उनले बम विस्फोट गरिरहेका होइनन् ।
तर पनि किन सरकार उनलाई विप्लव नेकपाको आरोपमा गिरफ्तार गरिरहन्छ ? के उनको मानवअधिकार हनन् हुँदैन सरकार ?
गंभीर शारीरिक बिरामीका कारण उनको जीवन भोलि या पर्सि कहिले के हुने हो भन्ने कुरा निश्चित छैन । तर पनि ओली सरकार किन उनलाई हातमा हत्कडी लगाएर अनाबश्यक दुख दिइरहेको छ ?
त्यसकारण बादलजी, स्वतन्त्र राजनीतिक प्राणीलाई स्वतन्त्र राजनीतिक स्वतन्त्रता देउ । लोहनीले कतैं विप्लवको झण्डा समाएको खण्डमा, विप्लवको राजनीतिक गतिबिधीमा सरिक भएको थाहाँ पाएमा गिरफ्तार गर्न सकौला तर अहिले उनी त्यो पार्टीमा छैनन् ।
यस्तो बेला गुणराज लोहनीलाई बिनाशर्त रिहा गर्नु कम्युनिस्ट नामको सरकारको ठूलो बुद्धिमता ठहर्नेछ ।







