दश वर्षे जनयुद्धमा बलिदान गर्ने सहिदहरुको सम्झनामा विप्लव नेतृत्वको नेकपाले एक प्रेस विज्ञेप्ती जारी गरेर सहिदको सपना पूरा गर्ने संकल्प गरेको छ ।

पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले एक प्रेस विज्ञेप्ती जारी गर्दै जनयुद्धमा बलिदान गर्ने सहिदहरुको सपना पूरा गरिछाड्ने संकल्प गरेको हो ।

बुधबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु सरकारले दमन गरी राखेको भन्दै सबैलाई सहिदहरुको सपना पूरा गर्न महान अभियानमा लामबद्ध हुन अपिल गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले सहिद दिवस मनाउँदै आएको छ । यस एकीकृत जनक्रान्तिको रगत पसिना मिसिएको छ । यी सबै सहिदहरुप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘मानव जातिको मुक्तिको लागि संसारभरी स्वाभिमान मान्छेहरु बढिराखेका छन् त्यसमा सबै भन्दा महान र स्वाभिमान सहिदहरु नै हुन । तर शान्ति प्रक्रियामा आएपछि उनीहरुप्रति विश्वासघात भयो परन्तु हामीले इतिहासलाई उच्च राखेका छौं । जनयुद्धका सहिदहरुको रगतमाथि एकीकृत जनक्रान्तिका महान सपुतहरुको रगत मिसिएको छ ।’

महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘काण्डै काण्डमा मुछिएको वली सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको छ । तर, हामीलाई विश्वास छ यी तत्वहरु फोहोरको डङ्गुरमा पुग्नेछन् अथवा हामी सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुने सबैसँग अपिल गर्दछौं र यसकोलागि आफ्नो प्रतिबद्धतासमेत जाहेर गर्दछौं ।’

विज्ञप्तिको पूर्णपाठ….

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार