
बजारमा कोरोना बारेमा अनेक होहल्ला फैलिएका छन् । यस मध्ये कति सत्य र कति असत्य छन् ।यस सन्दर्भमा बीबीसीले तयार पारेको एक रिपोर्टका आधारमा निम्न कुराहरु बाहिर आएका छन् ।
बीबीसीले १२ तथ्यसहित कोरोना भाइरसबारे सचेतना अभियान जारी गरेको छ । बाँकी यी हुन् १२ बुँदे तथ्यहरु
१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड(वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।
२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।
३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।
४. कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १(२ जनाको मात्र मृत्यु हुन्छ ।
५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।
६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।
७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।
८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।
९। कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।
१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।
११. अण्डा वा कुखुराको मासुमा कोरोना सर्छ भन्ने हल्ला पनि राँचो होइन ।
१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन । अहिले सम्म १००० मा ९ जना मात्र कोरोनाको मृत्यु दर भेटिएको छ ।







