
कोरोना भाइरसले लगभग पुरै विश्व त्रसित बनिरहेको बेला चीनमा यसको उपचार गर्न कोरोना भाइरसविरुद्धको भ्याक्सिन आविश्कार भएको बताएको छ ।
चाइनाको सेन्ट्रल टेलिभिजनका अनुसार चिनियाँ सेनाको मेजर जनरल शेन वेईको टिमले कोरोना भाइसविरुद्धको भ्याक्सिन बनाएको समाचार सार्वजनिक भएको हो । पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ समेत रहेकी वेईले खतरनाक भाइसरविरुद्धको खोप बनाउँदै विश्वलाई खतराबाट बचाउँदै आएकी छिन् ।
उनको टोलीले यसअघि पनि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाइसकेका छन् । चीनको मिलिट्री मेडिकल साइनस एकेडेमीले खतरनाक भाइरस विरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता प्राप्त गर्दै आएको छ ।
कोरोना विरुद्धको भ्याक्सिन बनाउन एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा बढि वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ताहरुले रात दिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको टेलिभिजनले जानकारी दिएको छ । यो टिमले एक महिनादेखि वेईको नेतृत्वमा वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो । चीनको अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिन चाडै उपलब्ध हुने र कोरोनाको आतङ्क अन्त्य हुनेछ ।
तर चाइनाको अंग्रजी भाषाको मुख पत्र ग्लोबल टाइम्समा अमृतसमान भ्याक्सिनको प्रतिक्षा भन्ने शिर्षकमा खवर लेखिएको छ ।
पत्ता न लागेको भएपनि यसको परिक्षण र परिणती देखिएको छैन ।







