सरकारले मास्क अभाव हुन नदिन विदेशबाट मेसिन नै ल्याएर उत्पादन गर्ने तयारी गरेको छ । साथै बजार अनुगमन तीब्र पार्दै संवदेनशील समयमा मौका छोपेर कालाबजारी गर्नेमाथि कडा कारबाही थालनी गरेको छ ।

कोरोना भाईरसको संक्रमण हुने खतरालाई बिचार गर्दै भारतबाट मास्क उत्पादन गर्ने मेसिन ल्याएर उत्पादन गर्ने बिषयमा नेपाल चेम्बर अफ कमर्ससँग छलफल अगाडि बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

यस सम्वन्धमा नेपालमा मास्क उत्पादन गर्दै आएका व्यवशायीहरु सँग पनि छलफल चलिरहेको उनले जानकारी दिएका छन्। साथै भारतको कोलकाटा बन्दरगाहमा रोकिएका मास्क नेपालमा ल्याउने विषयमा पनि छलफल भईरहेको महानिर्देशक सुवेदीले बताए ।

बजारमा भएको मास्कलाई कालोबजारी हुन नदिन बिभागले तीव्र रुपमा अनुगमन प्रभावकारी रुपमा गरिरहेको सुवेदीले जानकारी दिए ।
बजार अनुगमनको क्रममा हिजो मात्रै मास्क लुकाएर राखेका केही पसललाई कारवाही गरेको समेत उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ बजारमा मास्क अभाव हुन नदिन वाहिरबाट मेसिन खरिद गरेर ल्याएर मास्क उत्पादन गर्ने विषयमा सरकार सँग छलफल भएको बताउनु हुन्छ । मेसिन ल्याउने विषयमा विभिन्न देशहरुसँग कुरा चलिरहेको जानकारी दिदै छिटटै मेसिन ल्याउने स्पष्ट पारेका छन् ।

यता नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले नेपालमा भएका मास्क चीनतर्फ निर्यात भएको कारण नेपालमा मास्क अभाव हुन थालेको बताउनुहुन्छ ।

नेपालमा भएका मास्क व्यापारीले लुकाएर राख्ने गरेको कारण अभाव जस्तो देखिन थालेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

मास्क अभाव हुन नदिने विषयमा सरकार सँग छलफल भईरहेको जानकारी दिदै व्यवसायीले मेसिन ल्याएर मास्क उत्पादन गर्ने विषयमा पनि छलफल भईरहेको उनले जानकारी दिए।

नेपालमा पेपर मास्क उत्पादन गर्ने उद्योगको संख्या दुई वटा मात्र भएको आफूले जानकारी पाएको बताउँदै साथै यी उद्योगमा पनि कच्चा प्रदार्थ अभाव हुन थालेको सुन्न आएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

नेपालमा कोरोना भाईरसको संक्रमण चर्चा दैनिक रुपमा हुन थाले सँगै दैनिक ४० देखि ५० हजारको हाराहारीमा मास्क खपत हुने गरेको उनको अनुमान छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार