७० करोडको कमिशनको डिल गरेको अडियो प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटा निर्दोष सावित भए पूनः सोही जिम्मेवारीमा फर्किने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो प्रकरणबारे अडियो नै नक्कली हुनसक्ने भन्दै बाँस्कोटाको बचाउ गरेका थिए । बाँस्कोटाको अडियो प्रकरणले चौतर्फी सरकारमाथि प्रहार र विरोध हुँदासमेत प्रधानमन्त्री ओलीले उनको बचाउ गरेका थिए ।

उनले बाँस्कोटामाथि गम्भिर आरोप लागेकोले राजीनामा दिएको बताएका थिए । बाँस्कोटा अहिलेपनि प्रधानमन्त्रीको भक्तपुरस्थित् बालकोटको निजी निवासमा बस्दै आएका छन् । उनी ओलीको प्रिय पात्र हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटाले विजय प्रकाश मिश्रसँग कमिशनको डिल गरेको अडियो सार्वजनिक भएको थियो । अहिले बाँस्कोटाले सम्हालेको मन्त्रालय अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडालाई सुम्पिएका छन् ।

बाँस्कोटाको अडियो प्रकरणको छानबिनको लागि प्रतिपक्षी दलसमेत माग गर्दै आएको छ । तर, उनीमाथि अहिलेसम्म अख्तियार वा अन्य कुनै छानबिन गर्ने निकायले काम थालेको छैन् । यो बीचमा बाँस्कोटाले आफूमाथि गाली बेईज्जति भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मिश्रविरुद्ध मुद्दासमेत दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीले भोलि बाँस्कोटा यो प्रकरणमा निर्दोष सावित भए भने उनलाई नै पूनः पूरानै जिम्मेवारीमा ल्याएर विपक्षीहरुलाई जवाफ दिनसक्ने पनि गाँईगुँई चलेको छ ।

उता, बाँस्कोटाको प्रकरणमा नेकपाका नेता विष्णु रिजालले समेत यो प्रकरणमा बाँस्कोटा दोषी नभएको संकेत गरेका छन् । उनले आजमात्रै आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै बाँस्कोटाको बचाउ गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार