माक्र्सवादी अभियन्ता रमेश सुनुवारले आजको एकीकृत पुँजीवादका विरुद्ध लड्न सच्चा कम्युनिस्टहरुले एकीकृत रुपमा नयाँ र नौंलो क्रान्तिकारी कार्यदिशा निर्माण आवश्यक रहेको बताएका छन् ।

माक्र्सले विश्लेषण गरेको व्यापारिक पुँजीवाद, प्रतिस्प्रधात्मक पुँजीवाद अनि लेनिनले विश्लेषण गरेको एकाधिकारक पुँजीवादको युग सकिएको र अहिले पुँजीवादीहरु एकीकृत भएर आएको बेला आजका माक्र्सवादीहरुले एकीकृत ढंगले लड्ने कार्यदिशा निर्माण गर्नुपर्ने सुनुवारको दाबी रहेको छ ।

जनपाटी अनलाइन टिभीसँग लामो कुराकानी गर्दै सुनुवारले आजको विश्वमा समाजवादका नाममा विभिन्न मान्छेले विचार ल्याएपनि वैज्ञानिक समाजवाद अपरिहार्य विकल्प रहेको जिकिर गरे ।

माक्र्सदेखि लेनिनहुँदैं माओसम्मले भन्ने गरेको वैज्ञानिक समाजवादमा सामुहिक श्रमबाट समाजवाद निर्माण गर्ने भनिएको भएपनि आजको विश्वमा जुन रफ्तारमा विज्ञान र प्रविधिको निर्माण भएको छ, यो बेला आजको समाजवाद विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवाद हुने सुनुवारको दावी छ ।

अर्को छुटटैं प्रसँगमा सुनुवारले वैज्ञानिक समाजवादले विश्वमा जन्म लिइसकेकोले अब यसलाई ठूलो मात्रामा फैलाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार