११० औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अभिनेत्री रेखा थापाले सडकदेखि सदनसम्म महिलाहरुलाई दर्शक बनाइएको बताएकी छिन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापाले महिलालाई दर्शक बनाइएको अभिव्यक्ति दिएकी हुन्।

कार्यक्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, नेपाली कांग्रेसकी सांसद पुष्प भुसाल र राष्ट्रिय सभाकी सांसद कोमल वलीलगायतलाई वक्ता रुपमा निम्त्याइएको थियो।

कार्यक्रममा नायिका थापाले सदनमा पनि महिलाहरु तालीमात्र पड्काइरहेको देखिएको दाबी गरिन्।

‘सडकको महिलादेखि सदनको महिलासम्म दर्शक हुन्’, उनले भनिन्, ‘सदनमा पनि महिलाले ताली पड्काएको मात्र देखिरहेको हुन्छु। नारी भनेको दर्शक हो? हामी भोट दिनको लागि मात्र जन्मिएको हो?’

साथै महिलालाई पनि पुरुष सरह बराबर अधिकार चाहिने उनको भनाइ छ।

उनले भनेकी छिन्, ‘पुरुषले मात्र देशमा नेतृत्व गर्‍यो। पुरुषले नै हामीलाई कोटामा राख्यो। पुरुषले हामीलाई कमजोर बनायो।’

उनले थप्दै भनिन्, ‘सदनका महिलाहरु कालो कोट र रातो लिपिस्टिक लगाए पनि ताली नै पड्काइरहेका हुन्छन्। हामीलाई हाम्रो आमाबुवाले ताली पड्काउन जन्माएको होइन।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार