
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरमा भएको विष्फोटलाई आतंककारी आक्रमणको संज्ञा दिएका छन् ।
सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई अपराधीको संज्ञा दिदैं नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न समेत विज्ञप्तिमा माग गरेका छन् ।
बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए।







