
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले माओवादी जनयुद्धलाई प्रचण्ड र बाबुराम भट्टराईले शुरुदेखि आफ्नो नीजि स्वार्थ पूरा गर्ने अस्त्रको रुपमा लिएको गंभीर आरोप लगाएका छन् ।
आफ्नो क्यारिरिस्ट र महत्वकांक्षा पूरा गर्ने हतियारका रुपमा जनयुद्धलाई गंभीर रुपमा प्रचण्ड बाबुरामले दुरुपयोग गरेको सिहंको आरोप छ ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा महामन्त्री सिंहले जनयुद्धमा लड्ने इमान्दार नेता र कार्यकर्ताप्रति आफ्नो पूरैं श्रद्धा र सम्मान भएपनि प्रचण्ड र बाबुराम शुरुदेखि अवसरवादी चरित्रका कारण जनयुद्ध कालान्तरमा आएर विसर्जन हुन पुगेको बताए ।
जनयुद्ध लड्ने तल्लो तहका ती इमान्दार नेता कार्यकर्ताको बलिदान र त्याग नयाँ जनवादी व्यवस्था थियो । सिंहले भने, तर प्रचण्ड बाबुरामले त्यो नयाँ जनवादको लक्ष्यलाई कालान्तरमा संसदीय दलदलमा पुर्याएर सहिदहरुको सपनामाथि ठूलो कुठराघात गरे ।
प्रचण्ड बाबुरामको चुनावपरस्त र संसदवादी विचलनले सिंगो कम्युनिस्ट आन्दोलनमा ठूलो अन्योलता र निराशा थपेपनि नेपालमा फेरि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट उठ्ने दाबी गरे ।
एक छुट्टैं प्रसँगमा महामन्त्री सिंहले सत्ताधारी नेकपाले विप्लव नेकपामाथि लगाएको प्रतिवन्धको विरोध समेत गरेका छन् ।







