प्रधानमन्त्री केपी ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुँदा दोस्रा अध्यक्ष प्रचण्डदेखि शीर्ष नेताहरु कोही पनि देखिएनन् ।

यति लामो समय उपचार केन्द्रमा बसेर फर्केर आउँदा प्रचण्डदेखि अरु कयौं शीर्ष तहका नेताहरु उपस्थित नहुनुले सत्ताधारी नेकपामा गुटको प्रभाव बढेका कारण हुन सक्ने विश्लेषण गरिएको छ ।

पछिल्लो समय ओलीसँग अध्यक्ष दाहालको नेतृत्वमा रहेको शक्तिशाली गुट एकमत देखिएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानेबारे सचिवालयले गरेको निर्णय नमान्ने भन्दै अध्यक्ष ओलीले चूनौति दिएका छन् ।

उनले राष्ट्रपतिबाट मनोनित गर्ने उक्त सदस्यमा पनि अहिलेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका छन् ।

तर, दाहालसहित नेताहरु नेपाल, खनाल, प्रवक्ता नारायणकाजी, सचिवालय सदस्यहरु विष्णु पौडेल र रामबहादुर थापा बादलपनि गौतमलाई नै अघि बढाउनुपर्नेमा एकमत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार