लामो समय जेलबाट रिहा भएर गाउँ फर्केका विप्लव नेकपाका थबाङका स्थानीय नेता अमित र विप्लवलाई थबाङवासी भब्य रुपमा स्वागत गरेका छन् ।

उनीहरु शुक्रबार थबाङ पुग्दा स्थानीयहरुले फूलमाला र अबिरसहित भव्य रुपले स्वागत गरेका थिए ।

उनीहरुको रिहाई भएपछी खुसियालीमा स्थानीयहरू भोजभतेर समेत गरेका थिए । थबाङमा उनीहरुलाई जल्दोबल्दो स्थापित कार्यकर्ताको रुपमा लिइन्छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई बैठकबाट गिरफ्तार गरेको थियो । जतिबेला थबाङ्गका घर्ति र रोकापनि गिरफ्तार भएका थिए ।

अमित र विप्लव सर्बोच्चको आदेश अनुसार कैलाली धनगडी कारागारबाट फागुन २१ गते रिहा भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार