
कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भए संगै खड्ग बहादुर पुनका समर्थकहरुले असन्तुष्टी प्रकट गरेका छन् ।
खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमपछि भोटिङ्गका अनुसार विजेता बनाइएन भन्दै नाराबाजी सुरु गरेका छन् । कमेडी च्याम्पियन मुर्दावाद भन्दै नाराबाजी लाउँदै धाँधली भएको जनाएका छन् ।
कमेडी च्याम्पियनको फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्रतिस्पर्धा गरेका थिए । भोटिङ्गकै आधारमा विजेता छानिने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई विजेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् ।
कार्यक्रमकै एक आयोजकले भने, “समर्थकहरुले विरोध गर्नु वहाँहरुको माया हो । भोटिङ्गमा कुनै धाँधली गरिएको छैन र हामी संग भोटिङ्गको लिष्ट सुरक्षित छ जुन जहिले पनि हामी देखाउन सक्छौ ।”
यता खबपुलाई योजनाबद्ध रुपले हराइएको भन्दैं खबपूको समर्थकहरुले असन्तुष्टी प्रकट गर्दै आयोजकविरुद्ध मुद्धा हाल्ने चेतावनी समेत दिएका छन् ।
कमेडी च्याम्पियन घोषणापछि खबपुका समर्थकहरुले धादली गरेको भन्दैं पुन मतगणना गर्नुपर्ने समेत बताएका छन् ।







