विप्लव नेतृत्वको नेकपा निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी)ले केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटालाई भ्रष्टचारी करार गर्दै नयाँ पोस्टर जारी गरेको छ । अखिल (क्रान्तिकारी) लुम्बिनी व्युरोले यस्तो पोष्टर जारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै भ्रष्टाचारका दुई ठुला नाइकेलाई संरक्षण गरेको आरोप लगाउँदै उक्त संगठनले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको आरोपसहित बुधबार बिहानै बुटवलका विभिन्न ठाउँहरुमा कुकुर, गोरुका शरीर तथा सार्वजनिक स्थानमा पोस्टर टाँसेको छ ।

सुरुवाती प्रक्रिया अन्तर्गत ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुको पम्प्लेट विभिन्न नगर, गाउँ तथा वडा कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक स्थल लगायत ठाउँमा टाँसिएको सो संगठनले जनाएको छ ।

व्यङ्गात्मक रुपमा विभिन्न जनावरहरुको शरीरमा पोस्टर टाँसेर भ्रष्टाचारीलाई आम जनसमुदायमाझ परिचित गराइएको उक्त संगठनले जनाएको छ ।

‘सरकारले समृद्धिको नाउँमा करोडौँ खर्चेर पोलपोलमा आफ्नो तस्वीर टाँस्न हुने, हाम्रो संगठनले भ्रष्टाचार बिरुद्ध बोल्न नहुने ?’ ब्यूरो संयोजक वीरेन्द्र विकले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार