विप्लव नेकपानिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले कोरोनाको त्रास बढिरहेको बेला जनचेतनामुलक कार्यक्रम गर्दै हिडिरहेकी  स्वास्थ्यकर्मी संगठनकी केन्द्रीय सदस्य शिला गैरेलाई आस्थाकै आधारमा  गिरफ्तार गरेको भन्दैं घोर भत्र्सना गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष टिका कँडेलले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबार राती साढे ९ बजे रूपन्देहीमा रहेकाे घरमै गएर अपरहण शैलीमा गैरेलाई गिरफ्तार गरेको जानकारी दिदै यस्तो जोखिमपुर्ण अवस्थामा धरपकड र दमन गरेको भन्दै शिला गैरेको विनाशर्त गिरहाईको माग गरेका छन् ।

देश कोरोना भाइरसको त्रासले आक्रान्त बनेको बेला सरकारले रोकथामको निमित्त पहल लिने र अतिआवश्यक वस्तुको अभाव हुन नदिन सक्रिय पहल नगरेको बताएको छ ।

महासंघले देशभित्रै अत्यावश्यक बस्तुहरुको उत्पादन गर्ने भन्दा पनि केहि थान मास्क बरामद, विमानस्थलमा तापक्रम मापन र केही देखावटी  क्वारेन्टाइन बनाएर दंग परेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार