
इरानमा नोभेल कोरोना भाइरसका कारण हरेक १० मिनेटमा एक इरानीको मृत्यु हुने गरेको बताइएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कयनउस जाहानपउरले बिहीबार ट्विट गर्दै हरेक १० मिनेटमा एक इरानीको मृत्यु हुनेको गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार हरेक घण्टामा ५० इरानीको संक्रमण हुने गरेको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इरानमा १४९ को मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या बिहीबारसम्म एक हजार २८४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ४६ संक्रमित थपिएर बिहीबारसम्म कोरोना संक्रमितको संख्या १८ हजार ४०७ पुगेको छ । – सीएनएन







