पूर्वसचिव भीम उपाध्यायका अनुसार कमिशनको वात लागेर निवर्तमान भएका पूर्व सञ्चारमन्त्री गोकुल बाँकोटाले आफु मन्त्रीमा रहँदाको समयमा उक्त मन्त्रालय मार्फत हुने तीनवटा काम गराउँदा मात्रै आधाखर्व (४७ अर्व) को चलखेलको विवरण लेखे आफनो फेसबूकमा । यसमा कुनै काम भईनै सकेको र कुनै सम्पन्न गर्ने तयारी भैरहेको  हिसाव किताव थियो ।

४७ अर्व चलखेलको हिसाव

उपाध्याय केही समय अघिमात्रै सचिवबाट अवकाश पाएका उच्च प्रशासक हुन जोसंग रहेको यस्तो जानकारीलाइ एक प्रकारले आधिकारिक नै मान्नु पर्छ ।

उनका अनुसार सेकुरिटी प्रेस (अहिले प्रकृयामा रहेको) खरिद क्रममा १६ अर्व, भू–उपग्रह खरिदमा १८ अर्व र फोरजी सेवा विस्तारमा १३ अर्व  (केही पहिले भैसकेको) गरी यो एउटा मन्त्रालयले मात्रै गरेको यी तीन काममा परल भन्दा उल्लेख भएको बढी रकमको हिसाव आयो । यो भनेको सम्वन्धित बस्तुका लागि सामान्य लागतभन्दा बढी हुने अर्थात बोलकवोल गरिएको भए जोगिने रकमको अंक हो । जस्तो फोरजी सेवा विस्तारमा त्यही काम एउटा नीजी कम्पनीले केही पहिले  ६ अर्वमा गराएको थियो भने त्यही गुणस्तर र परिणामको काम सञ्चार मन्त्रालय मातहतको टेलीकमले १९ अर्वमा गरायो । १२ अर्वमा पाइने भू–उपग्रहलाई ३० अर्व हालिएको विवरण पनि यो हिसावसमा उल्लेख छ ।

सेकुरिटी प्रेस पहिले नोट समेत छाप्न मिल्ने थियो जसको मूल्य २७ अर्व पर्ने थियो । उपाध्यायका अनुसार त ३० अर्व पर्ने यस्तो प्रेसलाइ ४२ अर्व हाल्ने निर्णय वा तयारी भएको थियो । पछि  नोट बाहेकको लाइसेन्स आदि छाप्ने मात्रैका लागिको प्रेस २३ अर्वंमा ल्याउन मन्त्रिपरिषदले यिनै सञ्चारमन्त्रीलाई ठाडो वार्ता गर्न तोकेको सन्दर्भ त्यसबेला संचारमाध्यमहरुमा धेरैपटक आइसकेक थिए । यो कुरा गएको माघको सुरु तिरको हो । यही बेला यस्तो प्रेसको मूल्य १० अर्वमात्र पर्ने कुरा सार्वजनिक भयो जुन संसदको लेखासमितिमा रेकर्ड नै भएको छ जसबाट यो बस्तु खरिदमा सिधै १३ अर्व भ्रष्टाचार गर्न लागिएको अवस्था बुझ्न सकिन्छ ।

पछिल्लो समय यिनै सञ्चारमन्त्रीको कमिशन माग गरिएको टेप प्रकरणले पनि यी सचिवको यो हिसावलाइ मिल्दोजुल्दो बनाएको अवस्था छ । त्यो टेपमा लागत मूल्य बढाउन भनी आफैले सुझाव दिएका छन् । त्यो टेपवार्ताको तल प्रस्तुत अंश पढौं ।

मन्त्रिपरिषदको सहयोग

यी पूर्वसचिव उपाध्यायले औल्याएको अर्को गम्भीर आपत्तिको विषय हो यी सबैकाम मन्त्रिपरिषदको निर्णयमार्फत हुनु । मन्त्रिपरिषको निर्णय भयो भने जतिसूकै ठूलो भ्रष्टाचार गरेपनि र त्यो प्रमाणितै भएपनि त्यसमाथि उजुरी लाग्दैन र छानविन पनि हुदैन । माथि उललेख भएका वस्तु खरिद सम्वन्धी यी कामका लागि मनित्रपरिषदमा जानु पर्ने थिएन यदि नियमसंगत रुपले गरिएको भए । सम्वन्धित मन्त्रालयको विभागले नै यो काम गर्न पाउछ । त्यसलाइ मन्त्रिपरिषदमा लानु भनेकै अख्तियारले अनुसन्धान गर्न नपाओ्स भन्ने उद्देश्य रहेको बुझ्न सकिन्छ । त्यसको पछिल्लो उदाहरण हो ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको हातमा पुर्‍याउने काम मन्त्रिपरिषदको निर्णयबाट भएको भनी त्यस्तो निर्णय गर्नेहरुलाई उन्मुक्ति दिइएको केही अघि मात्रैको घटना ।

मन्त्रिपरिषदका निर्णयबाट यस्तो काम गराउनु भनेको यस्तो भ्रष्टाचार अर्थात रकम कलममा खेलवाड गर्ने मनसायबाट नै काम गरिएको भन्ने बुझनु पर्छ । काम गर्दैजाँदा कतै कागजपत्र यताउती भएर हुने भ्रष्टाचारजन्य कसूरको अवस्था होइन यो । नियतबस नै लागतभन्दा बढी  तिरेर बीचमा रकम लेनदेन गरिएको र पछि पोल खुले मन्त्रिपरिषदको निर्णय भनेर चोखिन पाइने अवस्था सृर्जना गरिएको छ । मन्त्रिपरिषदको अध्यक्षता गर्ने व्यक्ति वा पदाधिकारीको मिलोमतो नभै यो कार्यसम्पन्न हुनै सक्तैन ।

सञ्चार धेरै ठूलो बजेट भएको मन्त्रालय पनि होइन । यसका कार्यक्रम र संस्थाहरु पनि धेरै छैनन् । यस्तो मन्त्रालयमा त यतिठूलो अंकको भ्रष्टाचार गरिएको वा गर्न खोजिएको देखियो भने अनुमान गरौं ठूलाविकास निर्माणका मन्त्रालयमा के भै रहेका होलान् ।

नम्वर एक प्रधानमन्त्रीका पनि भ्रष्टाचारका पनि 

यी पूर्व सञ्चारमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा निकट वा सबैभन्दा प्रियपात्र हुन भन्ने कुरा उल्लेख गरिरहनु पर्दैन । यस्ता विवरणहरु धेरै पटक सार्वजनिक भैसकेका छन् । पूर्व सचिव उपाध्यायले यस्तो हिसाव फागुन ८ मा सार्वजनिक गरेका हुन । त्यसको  दुइदिन अघि (फागुन ६) मात्र प्रधामन्त्रीले यीमन्त्रीको गृहजिल्ला पुगेर नै अरु सबै (आफ्ना अरुमन्त्री देखि देशेभरकिा राजनीतकार्यकर्ता समेतलाई बुझाउने गरी)  एकातिर र गोकुल बास्कोटा एक्लै एर्कातिर हुँदा पनि उनीनै भारी हुने गरेका भनी सार्वजनिक मञ्चमानै प्रशंसा गरेका थिए । यसले उनका प्रियका हिसावामा बास्कोटा नम्वर एक र अरु त्यसपछि १० वटा अंक छाडेरमात्र गन्तीमा आउन थाल्ने पात्र भनी टिप्पणी भएको थियो ।

त्यसबेलाको एउटा समाचार अंश – ‘गोकुल बास्कोटा तिर हेर्ने बितिक्कै चुप लाग्छन– प्रधानमन्त्री । ६ फागुन, धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसमा प्रमुख अतिथिकारुपमा निम्त्याइएका थिए । त्यस क्रममा उनले स्व. मदन भण्डारीको शालिक अनावरणसमेत गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले सँगै रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रशंग कोट्याए । ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा र अर्कोतिर अरु सबैजस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन ।’

प्रधानमन्त्रीले यस्तो प्रशंसा गरेका यी पात्र यता सरकारमा भने सबैभन्दाबढी भ्रष्टाचारी रहेछन् देखिएका रुपमा । मन्त्रीले सरकारका तर्फबाट कुनै बस्तु खरिद गर्दा प्रत्यक्षरुपले कमिशन मागेको कुरा अहिलेसम्मकै पहिलो पटक सार्वजनिक भयो प्रधानमन्त्रीले यस्तो प्रशंसा गरेका व्यक्तिको बोली सहित । अवस्था कस्तो भने यो कुरा मैले बोलेको होइन भनी दावी समेत गर्न सकेनन् यी मन्त्रीले । बरु उल्टो अनुमति नलिइकन रेकर्ड गरेको भनी त्यसो गर्न पाइदैन भन्दै अदालत गए ।

कथंकाल अदालतले अनुमति नलिइकननै रेकर्ड गरेको भनी मन्त्रीको माग बमोजिम नै फैसला गरेछ र दावी गरिए अनुसार यस्तो रेकड गर्ने व्यक्ति दण्डितनै भएछन् भने पनि बस्तु खरिदमा कमिशन मागेको कुरा त यथावतनै रहनेभयो ।

हाम्रोकुरा अनलाइनले तयार पारेको रिपोर्टको सम्पादित सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार