
कोरोनाभाइरस प्रकोप अहिले विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्व महामारीका रूपमा घोषणा पनि गरेको छ ।
यस सङ्गठनले केही देशहरूले यस महामारीको रोकथाम र नियन्त्रणमा पर्याप्त ध्यान दिएका छैनन र पर्याप्त तयार पनि छैनन भनेर भर्खरै चिन्ता पनि व्यक्त गरेको छ । चीन सरकार र जनताले ठूलो प्रयास र बलिदान गरी कमाएको अनुभव तथा एक महिनाको समयलाई ती विकसित राष्ट्रहरूले राम्ररी प्रयोग गरिरहेका छैनन् ।
समय खेर गइहेको छ । यतिका लामो समयमा तिनीहरूले चीनको पाठ सिकेका छैनन्, तयार गरेका छैनन् । मात्र चीनलाई आलोचना गरिरहेका छन् । चीनको दुःखबाट खुसी भइरहेका छन् । चीनसँगको उड्डयन स्थगित गरेका छन् । खासगरी सबभन्दा शक्तिशाली देश अमेरिकाले कोरोनाभाइरस प्रकोपप्रति विशेष महत्त्व दिएको छैन र यसलाई चीनविरुद्ध साधनको रूपमा प्रयोग गर्दै आएको छ ।
वाल स्ट्रिट दैनिक अखबारले त ‘चिनियाँहरू एसियाको वास्तविक बिरामी हुन्’ भनेर चिनियाँहरूलाई खुला रूपमा अपमान गर्यो । अमेरिकाका उच्च नेताहरूले पनि यस भाइरसलाई ‘उहान भाइरस’ वा ‘चिनियाँ भाइरस’ भन्दै आएका छन् । अमेरिकाको अर्थमन्त्रीले त ‘यस प्रकोपले उत्पादन उद्योगलाई चीनबाट अमेरिकामा धपाउन मद्दत गर्ने छ’ भनी खुसियाली मनाएको थियो । तर परिस्थितिले चाँडै नै ती अमेरिकी नेताहरूको गालामा थप्पल हान्न थालेको छ ।
चीनले कोभिक–१९ रोकथाम र नियन्त्रणको कार्य विजय हासिल गरेको बेलापश्चिमी विकसित मुलुकमा यस भाइरसको विस्तार त तीव्र गतिले भइरहेको छ । पहिले चीनलाई अपमान गर्ने देशले चीनप्रति सहयोग माग्न थालेका छन् । धेरै देशहरूले पनि प्रकोपविरुद्धमा चीनले हासिल गरेका अनुभवहरू सिक्न थालेका छन् ।
पहिले चीनले गरेको सहर बन्द र सबै नागरिकलाई घरमा क्वारेन्टाइन बस्ने कदमहरूलाई मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाए । अब ती देशहरूले पनि त्यो ‘मानव अधिकार उल्लङ्घन’ गर्ने कदमहरू चालेका छन् । बेलायत सरकारले त ‘सामूहिक सङ्क्रमण’को रणनीति अपनाउने नीति घोषणा गरेको छ । यसले पृथ्वीवासीलाई आश्चर्य पारेको छ र सयौँ वैज्ञानिकहरूको विरोध पनि पाएको छ । यस नीति अपनाए बेलायतमा भाइरस सङ्क्रमितहरूको सङ्ख्या चार करोड हुने र मर्नेहरूको सङ्ख्या लाखौँ हुने अनुमान गर्न सकिन्छ ।
दिनभरि मानव अधिकारको नारा जपाउँदै आएका पश्चिमी राष्ट्रहरूले साधारण जनता र कमजोर समुदायको जिउज्यानलाई फोहोर फालेको जस्तै फाल्ने हो, तर भाइरस त सबभन्दा निष्पक्ष र न्यायिक छ । धेरै उच्च नेताहरूलाई पनि भाइरस सङ्क्रमणबाट बाँच्न सकेनन् । जसले भाइरसलाई हेला गर्छ, बेवास्ता गर्छ । उसलाई छिटै भाइरसले सङ्क्रमण गर्छ । अहिले इटली, बेलायत, स्पेन, अमेरिकालगायत पश्चिमी देशहरूमा सङ्क्रमितको सङ्ख्या दिन दोब्बर रात तेब्बरले वृद्धि हुँदै छ ।
तीन दिनपछि बेलायत सरकारले यसलाई त्याग गर्नुपरेको छ । भाइरसको रोकथाम र नियन्त्रणका लागि कडा कदम चाल्न बाध्य भएको छ । धेरै देशहरूले चीनको अनुभवलाई सिक्दै चीन हिँडेको बाटो लागेका छन् ।
तर अमेरिका अझै पनि चीनलाई आरोप गर्दै छ । अमेरिकी नेतामा जति आत्मविश्वास रहे पनि स्टक बजारले निकै नकारात्मक प्रतिक्रिया गरेको छ । अमेरिकी स्टक लगातार तीन पटक पग्लियो । सोमबार डो जोन्सले अर्काे २९९७ पोइन्ट गिराएको छ र राष्ट्रपति ट्रम्पको कलेजो हल्लायो । उनले अझै पनि कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दछन् । उनले घमण्ड गर्न सक्ने ‘आर्थिक उपलब्धि’ पनि हरायो र उनी यति घमन्डी थिए कि अब उनी डराउनु पर्छ । यस अजङ्गको महामारीको सामना गर्नुपर्दा अमेरिकी सङ्घीय सरकारले गर्न सक्ने कुराहरू धेरै नै बाँकी छ । उसले गर्न सक्ने सबैभन्दा प्रख्यात ‘हत्यारा’ भनेको चीनमा यसको भाँडो फाल्ने तरिकाहरू पत्ता लगाउनु हो ।
ट्रम्प टोलीले बोक्नुपर्ने यो भाँडो चीनको काँधमा कसरी फ्याँक्न सक्छ ? संयुक्त राज्य अमेरिकामा पछिल्लो सङ्क्रमितको सङ्ख्या वृद्धि भई जम्मा ६ हजार केस पुगेको छ । जसमा २७ नयाँ गरी मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको छ । यो तथ्याङ्क जाँच गर्न अझै खुला भएको छैन ।
महामारी संयुक्त राज्य अमेरिकामा द्रूत रूपमा विकास भइरहेको छ । अमेरिकाका पूरै ५० वटा राज्यहरूमा सङ्क्रमितहरू देखा परेका छन् । ह्वाइट हाउसमा पनि फैलिएको छ, अमेरिकी सेनामा पनि यो महामारी फैलिएको छ । राष्ट्रपति ट्रम्पले केही दिनअघि मात्र ‘अमेरिकीहरू जोखिम ज्यादै थोरै छ’ भन्ने दाबी गरेका थिए र सबै कुरा ठीक छ भनेर दाबी गरेका थिए ।
भविष्यमा अमेरिकीहरूले ट्रम्पको दोषलाई कोट्याउने अवश्य छ । मलाई लाग्छ उनको पुनः चुनावमा सफलता प्राप्त गर्नका लागि निकै ठूलो खतरा परेको छ ।








