भारतमा कोरोना संक्रमणबाट आइतबारसम्ममा ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६० पुगेको छ ।

भारतका स्वास्थ्य र परीवार कल्याण मन्त्री हर्ष भर्दनले आइतबारसम्म कोरोना संक्रमित ३६० संक्रमित भएको जानकारी दिएका छन् । जसमा ४१ जना विदेशी नागरिक भएको बताएको छन् ।

मार्च २२, ६:३० बजेसम्मको तथ्यांक भारत सरकारका स्वास्थ्य मन्त्रीले सार्वजनिक गरेका हुन् ।

भारतमा जनता कर्फ्यु लागु भएको दिन आइतबार कोरोना संक्रमितको संख्या एकाएक बढेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार