विप्लव नेतृत्वको नेकपा निकट नेपाल गणतन्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु समेत रहेका जयन्द्रबहादुर चन्दसहित चारजनालाई प्रहरीले आइतबार ललितपुरबाट गिरफ्तार गरेको हो ।

खेलकुद क्षेत्रका अन्य सहकर्मीहरुसँग छलफलमा रहेका बेला सादा पोशाकका सुरक्षाकर्मीले घेरा हाली गिरफ्तार गरेको समाचारमा बताइएको छ ।

विप्लवका अर्का दाजू चन्द्रबहादुर चन्दलाई ३ महिनाअघि दाङबाट गिरफ्तार गरी दाङ कारागारमा राखेको छ । आज गिरफ्तार पर्नेमा गणतानित्रक खेलकुद महासंघका महासचिव बिनोद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल आरसी रहेका छन् । प्रहरी श्रोतका अनुसार चारैजनालाई ललितपुरस्थित जावलाखेल प्रहरी कार्यालयमा राखिएको छ ।

चन्दका आफन्तले दिएको जानकारी अनुसार उनको स्थितिबारे अहिलेसम्म आफन्तलाई जानकारी दिएको छैन । परिवारजनले स्थिति सार्जजनिक गर्न र खेलकुद क्षेत्रमा सक्रिय चन्दलाई अविलम्ब बिनाशर्त रिहा गर्न आग्रह गरेका छन् ।

यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुद जस्तो सम्मानित क्षेत्रमा योगदान दिइरहेको एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेकोेमा घोर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष सिवी सिंहले एक विज्ञप्ति जारी गरि सो भत्सर्ना गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार