
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसका विरुद्ध आम नेपाली जनतालाई सचेत र जागरुक बनाउन आफ्ना नेता कार्यकर्तालाई निर्देशन जारी गरेको छ ।
महासचिव विप्लवले सोमबार जारी गरेको प्रेस विज्ञेप्तीमा नेपाल कोरोना संक्रमणबाट भयावह नभएपनि देशलाई जोखिक कायमैं रहेको भन्दैं उच्च सतर्कता अपनाउन आम जनतालाई आग्रह समेत गरेको छ । यो घडीमा महासचिव विप्लवले चिकित्कस र स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध समेत गरेका छन् ।
महासचिव विप्लवले यो बेला आफ्नो पार्टीको जनसेना पंक्तिलाई सरकारी पक्षबाट आइपर्ने प्रतिरोध काम बाहेक अरु सबैं आक्रमक कार्वाहीहरु रोक्न निर्देशन गरेका छन् ।
विज्ञेप्तीको पूरा पाठ :
कोरोना भाइरसको संक्रमणबारे प्रेस विज्ञेप्ती
कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको छ । हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुशीको कुरा हो । तर जोखिम कायमैं छ । यस्तो खोखिमको परिस्थितिमामा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नु परेको छ ।
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी कोरोना संक्रमणका विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गर्दछ । यो बेला देशका सबैं चिकित्सक एवं स्वास्थ्य कार्यकर्ताहरुलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ । तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरुलाई आफु सचेत बन्दैं आम जनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथैं कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कार्वाही बाहेक अन्य आक्रमक कार्वाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँदछौं ।
विप्लव
महासचिव, नेपाल कम्युनिस्ट पार्टी







