विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जिल्लामा नेपाली कम्युनिस्ट आन्दोलनका लागि लामो समयदेखि योगदान गर्दै आएका पाका नेताहरुलाई सम्मान गरेको छ ।

नेकपाले पाल्पा जिल्लामा कम्युनिस्ट आन्दोलनलाई उचाइमा उठान गर्न महत्त्वपूर्ण भुमिका खेलेका ४ जना पाका नेताहरुलाई सम्मान गरेको छ ।

न्याय मुक्ति र समानतामा आधारित स्वर्णिम मानव मानव सभ्यता निर्माणका खातिर लामो समय सम्म क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने अग्रजहरुलाइ सम्मान गर्नु नेकपाको दायित्व भन्दै उक्क्त सम्म्मान गरेको बताइएको छ ।

पाल्पाको एक अज्ञात स्थलमा आयोजना सम्मान कार्यक्रम बोल्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज प्रविणले सम्मान क्रान्तिकारी इतिहासप्रतिको श्रद्धा र भविष्य प्रतिको दृढता भएको बताए ।

उनले आफ्नो पार्टीले नेकपाले कम्युनिस्ट आन्दोलनमा योगदान दिने अग्रज नेताहरुको संमान गर्ने राजनीतिक सस्कारको सुरुवात र विकास गरे भन्दै निरन्तर क्रान्तिको पक्षमा ज्ञान सम्प्रेषण गर्न र नया पिढीलाई क्रान्तिमा प्रेरित गर्न विशेष आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार