२१ औं शताब्दी अर्थात् जेनेटिक इन्जिनियरिङ्ग, रोबोटिक्स र आर्टिफिशियल इन्टेलिजेन्सको यो अति वैज्ञानिक युगमा कुनै देशमा कोभिड–१९ जस्तो भाइरसको संक्रमण सम्भवतः एक वैज्ञानिक त्रुटिबाट निर्मित आविष्कार हुनसक्छ ।

गत वर्ष डिसेम्बर महिनामा चीनको ऊहान प्रान्तबाट सुरु भएको यो भाइरसको उद्गम र प्रभावका बारेमा अब थुपै्र समानान्तर सिद्धान्त पनि सार्वजनिक भइरहेका छन् । यसको उत्पत्तिको विषयमा ‘बायो टेरोरिजम’ जस्ता विभिन्न विवादास्पद सिद्धान्त सार्वजनिक हुनु स्वाभाविक पनि हो । विशेषगरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई ‘चिनियाँ भाइरस’ नाम दिएपछि यो महामारीप्रति मानिसहरु सतर्क भइरहेका छन् ।

एकातर्फ रुस, अरब, सिरियाजस्ता देशहरुले चीनमा फैलिएको कोरोना भाइरसका लागि अमेरिका र इजराइललाई दोष दिइरहेका छन् भने अमेरिका आफैंले चाहिँ चीनलाई नै कोरोनाको उत्पादक बताइरहेको छ । यी सबका बीच सबैभन्दा रोचक कुरा के हो भने आफ्नो बयानलाई पुष्टि गर्नका लागि कसैसँग पनि प्रमाण नै छैन तर सबैसँग आ–आफ्ना तर्कहरु भने छन् ।

यसअघि सन् १९८० को शीतयुद्धताका रुसले अमेरिकालाई एचआइभीको संक्रमणको लागि जिम्मेवार बताइसकेको छ । उता अरबी मिडियाले अमेरिका र इजराइलले चीनविरुद्ध मनोवैज्ञानिक र आर्थिक युद्धको उद्देश्यले यो जैविक हतियारको प्रयोग गरेको भन्ने आरोप लगाएका छन् ।

वैज्ञानिकले कोरोना भाइरसको उत्पत्ति चीनियाँ शहर ऊहानको समुद्री जीव बेच्ने बजारबाट सुरु भएको मान्यता राख्दै आएको छ । यो बजार जंगली जीवहरु सर्प, र्यानकुन र दुम्सीजस्ता जंगली जीवहरुको अवैध व्यापारका लागि चर्चित थियो ।

हर्सशू चमेरोदेखि मानिससम्म सार्स भाइरसको संक्रमणको यात्राः

एक नयाँ अध्ययनले बताए अनुसार यो नयाँ कोरोना भाइरस चिनियाँ हर्सशू चमेरोमा पाइने भाइरससँग मिल्दोजुल्दो छ । यद्यपि, आज जुन स्थितिमा चीनपछि पूरा विश्व महामारीसँग जुधिरहेको छ, त्यसका लागि चमेरो नै जिम्मेवार छ छैन भन्नेबारे अहिलेसम्म स्पष्ट र अन्तिम धारणा स्थापित हुन सकेको छैन । तर यी चमेरोको शरीरबाटै उक्त भाइरस अन्य जनावरको शरीरमा पुगेको भने हुनसक्छ ।

सबैभन्दा पहिले जब यो भाइरसको संक्रमणको खबर सार्वजनिक भयो तब वैज्ञानिकले यो मानिसबीच नसर्ने बताइएको थियो तर पछि उक्त भाइरसद्वार संक्रमित एक व्यक्तिले १.४ देखि २.५ व्यक्तिलाई संक्रमण गर्नसक्ने पत्ता लाग्यो । त्यसैले शहरलाई पूर्ण रुपमा लकडाउन गरेर यो संक्रमण रोक्न सकिन्छ भनेर निष्कर्ष निकाल्ने बेलासम्म यो थुप्रै देशमा फैलिसकेको थियो ।

सन् २०१७ डिसेम्बर १ मा नेचर जर्नल मा प्रकाशित एक लेखमा चीनभरी चलाइएको खोजी अभियानपछि अन्त्यमा घातक सार्स भाइरसको उत्पत्तिलाई खोजी गरिएको थियो । चीनको युनान प्रान्तको एक सुदुर स्थानमा रहेको गुफामा भाइरस वैज्ञानिकहरुले ‘हर्सशू चमेरो’ को एकल बस्तीको पहिचान गरेका थिए, जसमार्फत् सन् २००२ मा त्यो भाइरसद्वारा मानिससम्म पुगेका थिए र जसको संक्रमण  करिब ८ सय व्यक्तिको मृत्युको कारण बन्यो । शोधकर्ताले मृत्युका लागि जिम्मेवार यो भाइरस सजिलै चमेरोको यस्तो बस्तीबाटै आएको हुन सक्ने अनुमान गरे ।


चीनको युनान प्रान्तको एक सुदुर स्थानमा रहेको गुफामा भाइरस वैज्ञानिकहरुले ‘हर्सशू चमेरो’ को एकल बस्तीको पहिचान गरेका थिए, जसमार्फत् सन् २००२ मा त्यो भाइरसद्वारा मानिससम्म पुगेका थिए र जसको संक्रमण  करिब ८ सय व्यक्तिको मृत्युको कारण बन्यो । शोधकर्ताले मृत्युका लागि जिम्मेवार यो भाइरस सजिलै चमेरोको यस्तो बस्तीबाटै आएको हुन सक्ने अनुमान गरे ।


उनीहरुले यस्तै थुप्रै खालका संक्रमणले भविष्यमा पनि जन्म लिने चेतावनी दिएका थिए । सन् २००२ को उत्तरार्धमा एक रहस्यमयी निमोनियाजस्तो रोग दक्षिण–पूर्वी चीनको फोसानको ग्वाङडोङमा देखिन थाल्यो । त्यो संक्रमणलाई सार्स नाम दिइयो जसले त्यतिबेला पनि अन्तर्राष्ट्रिय संकटकाललाई जन्म दियो । सन् २००३ मा यो हेर्दा हेर्दै संसारभरि फैलियो जसबाट हज्जारौं व्यक्ति संक्रमित भए ।

वैज्ञानिकले यसका लागि जिम्मेवार कोरोना भाइरसको खोजी गरे र त्यसैसँग मेल खाने भाइरस गुआंगडोंग प्रान्तको पशु बजारमा बिक्ने ओटर (Paguma larvata) अर्थात् पानीमा बस्ने मुसा जस्तो ठूलो जीवमा पनि भेटे । कोरोना भाइरसको वाहकको खोजी वैज्ञानिकले निरन्तर गर्दै आएका छन्  । यसपटक कोरोना भाइरस मानिससम्म पुग्नुमा पेंगोलिनोलाई जिम्मेवार बताइएको छ । केही चिनियाँ वैज्ञानिकले हजार बढी जनावरमाथि परीक्षण गरेर यो निष्कर्षमा पुगेका हुन् ।

सन् २००३ को महामारीपछि गरिएको सर्वेक्षणमा बताइए अनुसार सार्स सम्बन्धित कोरोना भाइरस ठूलो संख्यामा चीनको हर्सशू चमेरो (राइनोफस–२) मा फैलिएको थियो । साथै चमेरोमार्फत् नै यो रोग उत्पन्न भएको र पछि ओटर (पानीमा बस्ने मुसा जस्तो जीव) को माध्यमले यो मानिससम्म पुगेको भन्ने सुझाव दिइएको थियो ।  तर भाइरसको कोसिकालाई संक्रमित गर्न अनुमति दिने महत्वपूर्ण जीन मानिस र चमेरो दुबैमा अलग थिए, जसले यो परिकल्पनामाथि शंका गर्नका लागि केही ठाउँ बाँकी नै रहन्छ ।

 


अचम्म मान्नु पर्ने कुरा के थियो भने युन्नान प्रान्तका कोही पनि व्यक्तिलाई प्रभावित नगरिकनै मानव जनसंख्याबाट हज्जारौं किलोमिटर टाढा बस्ने चमेरोमार्फत् सार्स भाइरस आखिर उनीहरुसम्म कसरी पुग्यो ? तर उनीहरुले सायद यस्तै चमेरोको कुनै ठूलो बस्ती अन्य इलाका नजिक नै रहेको हुन सक्नेर अनुमान गरे । त्यसपछि उनीहरुले उक्त भाइरसले भविष्यमा गएर कुनै ठूलै संकट निम्त्याउन सक्ने चेतावनी पनि दिएका थिए ।


त्यसपछि यी चमेरोको खोजीका लागि अभियान चलाइयो । यसमा सबैभन्दा मुश्किल काम सुदुर स्थान र गुफाको पहिचान गर्नु थियो । दक्षिण–पश्चिम चीनको युन्नानमा एक विशेष गुफा खोजेपछि त्यहाँ अनुसन्धानकर्ताले पाँच वर्ष बिताए र त्यहाँका चमेरोमाथि निगरानी गरे । त्यहाँ फेला परेको कोरोनाभाइरसको लक्षण मानिसमा देखिएको कोरोनाभाइरसको संस्करणहरुसँग मिल्दाजुल्दा थिए ।

तर अचम्म मान्नु पर्ने कुरा के थियो भने युन्नान प्रान्तका कोही पनि व्यक्तिलाई प्रभावित नगरिकनै मानव जनसंख्याबाट हज्जारौं किलोमिटर टाढा बस्ने चमेरोमार्फत् सार्स भाइरस आखिर उनीहरुसम्म कसरी पुग्यो ? तर उनीहरुले सायद यस्तै चमेरोको कुनै ठूलो बस्ती अन्य इलाका नजिक नै रहेको हुन सक्नेर अनुमान गरे । त्यसपछि उनीहरुले उक्त भाइरसले भविष्यमा गएर कुनै ठूलै संकट निम्त्याउन सक्ने चेतावनी पनि दिएका थिए ।

ओपइण्डियामा प्रकाशित आशीष नौटियालको लेखको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार