दिल्लीका मुख्यमंत्री अरविंद केजरीवालले दिल्लीमा कोरोना भाइरसका कारण दुखमा रहेका दिल्लीका गरिब जनतालाई प्रतिदिन २ लाखका दरले खाना खुवाउने घोषणा गरेका छन् ।

शनिबारसम्म दिल्ली सरकारले प्रतिदिन २० हजारका दरले खाना खुवाइरहेको बताउँदैं मुख्यमन्त्री केजरीवालले शनिबार एक पत्रकार सम्मेलन आयोजना गरेर यस्तो जानकारी दिएका हुन् ।

भारतभर कोरोना भाइरस दिनप्रतिदिन संक्रामक भइरहेको फैलिरहेको भन्दैं केजरीवालले भाइरस बढेर जाने खतरालाई न्युनिकरण गर्न आफ्नो सरकार तयारी अवस्थामा रहेको समेत जानकारी दिए ।

दिल्लीका खाली स्कुलहरुमा आफुहरुले ५ सयका दरले खानाको व्यवस्था गरिरहेको भन्दैं यसलाई अझै व्यवस्थित गरेर जाने तयारी गरेको केजरीवालको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार