जापानी पत्रिका जापान टाइम्सका अनुसार युरोपमा सेक्स वर्कर्सका अवस्था खराब बनेको छ । जर्मनीको राजधानीमा देह व्यापार ‘नाइट लाइफ’ लामो समयदेखि चल्दै आएको छ ।

बर्लिनको ‘लान्कट्जर–७’ यौन बजार सामान्य दिनमा ग्राहकले खचाखच हुन्थ्यो । तर यतिबेला कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेको छ ।

त्यसैले यहाँका यौन बजार अहिले बन्द छन् । त्यहाँका मालिकले बन्द हुनुअघि नै ग्राहक आउन ५० प्रतिशतले कमी भइसकेको थियो । बर्लिनमा पनि कोरोना भाइरसबाट सयौं संक्रमित बनेका छन् । यौन बजारको अवस्था दयनीय बनेको छ ।

बर्लिनमा नै काम गर्ने सेक्स वर्करले यसतबेला सबैजसो कामदारहरु घरमा नै रहेका बताएका छन् । सरकारले अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

उनीहरुले केही समय आफूहरु घरमा नै बस्न सक्ने तर लकडाउन लम्बिएमा आफूहरुका लागि जीवन मरणको संकट उत्पन्न हुने बताएका छन् । युरोपमा रहेको अर्को यौन बजार स्पेनमा पनि हालत खराब बनेको छ ।

यौन बजारका लागि संसारमै चर्चित रहेको आम्सटरडम पनि यतिबेला बन्द अवस्थामा छ । यहाँ यौन व्यवसायलाई कानुनी मान्यता प्राप्त छ । आम्सटरडमस्थित प्रोस्टिट्युसन इनफरमेसन सेन्टरले सेक्स वर्कर्सको आर्थिक संकट हल गर्नका लागि आफूहरुले काम गरिरहेको जनाएको छ ।

सामान्य दिनमा उनीहरु टुर प्याकेजमा पनि काम गर्छन् । आम्सटरडममा आर्थिक समस्याबाट पार पाउन उनीहरुले कोष खडा गरेका छन् ।

यस्तै अवस्था अमेरिकी यौन बजारमा पनि छ । एक अमेरिकी अनलाइनमा प्रकाशित समाचारअनुसार अमेरिकामा यौन व्यवसायमा संलग्नहरु केही सातादेखिको लकडाउनका कारण कठिन अवस्थाको सामना गरिरहेका छन् ।

एक रिपोर्टका अनुसार यौन बजारमाथि प्रतिबन्ध लागिसकेको छ । पहिले देखि आउने नियमित ग्राहक पनि अहिले आउन छाडिसके ।

अमेरिकाको नेभाडा राज्यमा यौन व्यवसायलाई कानुनी मान्यता छ । यहाँ पनि यौन व्यवसायीको अवस्था नाजुक भइसकेको छ । अमेरिकाको राजधानी वासिंगटनमा रहेको एउटा एनजीओ ‘नो जस्टिस, नो प्राइड’ ले सेक्स वर्कर्सलाई सहयोग गरिरहेको छ ।

डोमिनिकन गणतन्त्र, स्पेन, मलेसिया, भारत, फिलिपिन्स, ब्राजील, कोलम्बिया, फिलिपिन्सजस्ता विश्वका सबैभन्दा ठूला र चर्चित सेक्स बजार कोरोना भाइरसका कारण बन्द अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार