सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तेम्ब्रेल तेम्बा तामाङले आफ्नो घरमा भाडामा बस्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएकाहरुबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरेकोसँगै तामाङले पनि चैत महिनाको एक महिनाको घरभाडा नलिने निर्णय लिएका हुन् ।

मानवीय संवेदना र सहकारको आग्रहलाई पालना गर्दै आफूले काठमाडौंस्थित घरको दुई फ्लाइटमा भाडामा बस्दै आएकाको एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको उनले बताए ।

रसुवाका स्थायी बासिन्दा उनले स्याफ्रुबेसीमा रहेको घरको सटर भाडामा लिइ व्यवसायी गर्नेहरुबाट पनि एक महिनाको भाडा नलिने बताएका छन् । पारिवारिक सल्लाह गरेर आफू सो निर्णयमा पुगेको उनले बताए ।

आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै एक महिनाको भाडा मिनाह गर्न घरबेटीहरुलाई आग्रह गरेको थियो ।

घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार