स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितको उपचारका लागि चाहिने सामाग्री ल्याउन ओम्नी व्यापारिक समूहलाई दिएको ठेक्का रद्द गरेको छ।

विभाग प्रमुख महेन्द्र श्रेष्ठका अनुसार ओम्नी समूहले राखेको ६ करोड धरौटीसमेत जफत हुने भएको छ।

‘उसले ३० गते ९मार्च ३०० सम्म सामान ल्याउनु पर्ने सम्झौतामा उल्लेख थियो, ल्याएन। दोस्रो लटको सामान पनि भोलिसम्म ल्याउने भनेको प्रक्रियासमेत सुरू गरेको छैन, उनले भने, ‘सामान चीनमा थुपारेको छु। रेडी छ जहाज पनि रेडी छ भन्यो हामीले होला त भन्यौँ। अरूले पनि सामान ठीक पारेका थिएनन् त्यसैको फाइदा उठाएर ठगेर खान खोजेको रहेछ। त्यसैले ठेक्का रद्द गर्‍यौं।’

बजारमा सामान अभाव भएका बेला उसले भनेजति सामान ठीकठाक पारेको छु भन्ने विश्वास दिलाएकाले ठेक्का दिएको उनले बताए।

‘सामान रेडी छ, प्लेन रेडी छ भन्यो। तपाईंलाई भोक लाग्या बेलामा कसैले खान दिए खानुहुन्न। गोजीमा पैसा छ भोक लाग्या छ भने बीस रूपैयाँको चियालाई ४० रुपैयाँ हाल्नु हुन्छ नि होइनरु चिया ल्याउने बेलामा तातोपानी पनि ल्याएन भने के हुन्छ तपाईं पैसा तिर्नुहुन्छरु त्यस्तै हामीले ओम्नीसँगको सम्झौता रद्द गरेका हौं उसको धरौटी पनि जफत हुन्छ’, उनले भने,’हामीले समानको पेमेन्ट गरेको छैनौं।’

ओम्नीले ल्याउने भनेको पहिलो लटको सामान ल्याउँदा नेपाल सरकारले उसैले पेमेन्ट गर्ने गरी जहाज चार्टड गरिदिएको थियो। जहाजको पैसा कसरी ऊसँग लिनुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले भने ।

पहिलो लटमा ल्याउँछु भनेको सामानको १० प्रतिशत पनि सामान नल्याएको उनले बताए।

अस्ति ल्याएको सामानको हिसाबले १० प्रतिशत भएपनि पैसाको हिसाबले त्यो १८ प्रतिशत पैसाको सामान हो,ु उनले भने। मार्च ३० मा पहिलो लट, अप्रिल २ मा दोस्रो र अप्रिल ५ मा अन्तिम लटको सामान ल्याउने सम्झौता भएको थियो।

पहिलो लटमै कम सामान ल्याएको ओम्नि ग्रुप त्यसपछि सम्पर्कमै नआएपछि विभागले सम्झौता रद्द गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार