कोरोनाको संकटसँग विश्व जुदिराखेको बेला कलाकारहरुले विभिन्न माध्यमबाट जनचेतना फैलाउने काम गरिरहेका छन् ।

यसै क्रममा “मेरो विश्व मेरो घर” बोलको गीत सार्वजनिक भएको छ । यस गीतबाट यो संकटको घडिमा विश्वलाई एकताबद्ध हुन आह्वान गरिएको छ । उक्त गीतको रचना प्रकाश सुवेदीले गरेका हुन् ।

यस गीतमा साहस शाक्यले मिठो संगीत भरेका छन्, र सुमधुर आवाजपनि शाक्यले नै दिएका छन् । यस गीतको सम्पादन बिरेन्द्र भाट विपिनले गरेका हुन् ।

कोरिएका सिमाहरुलाई मेटेर विश्व हामी सबैको एउटै घर हो भन्ने भाव यस गीतमा पाईन्छ । बोधि ध्यान युटूब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार