कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भनेर आलोचना भयो ।

त्यसपछि सरकारले खरिद सम्झौता रद्द गर्‍यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँग भएको सम्झौताबारे आफू जानकारी नै नभएको बताएका छन् ।

मंगलवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेताहरूले प्रश्न उठाएपछि ओलीले खरिदबारे आफूलाई थाहा नै नभएको जानकारी दिएका छन् ।

‘स्वास्थ्य सेवा विभागका महानिर्देशकको स्तरमा सम्झौता भएको रहेछ । तर मलाई सम्झौताअघि जानकारी नै थिएन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

बैठकमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओम्नीमार्फत खरिद गरिएको गुणस्तरहीन स्वास्थ्य सामग्रीका कारण पार्टीको प्रतिष्ठा धुमिल भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार