कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले कतिपसम्म भन्न भ्याए भने, कोरोनाभाइरस ल्याबमा उत्पादन गरिएको भाइरस हो, यो विकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग नै हो ।

अनुसन्धानकर्ताहरुले यो नोबेल कोरोनाभाइरस कसरी उत्पत्ति भयो भन्नेबारेमा दुईवटा सिद्धान्तहरु अघि सारेका छन् : पहिलो सिद्धान्तअनुसार, यो नयाँ भाइरस जनावरमा उत्पत्ति भएको हुन सक्छ । यो भाइरस मानिसमा सर्नुभन्दा पहिले जनावरलाई संक्रमित तुल्याउने खालको रुपमा विकसित भएको हुनुपर्छ । यही तरिकाले नै यसअघि सार्स सिभेज विरालो र मेर्स ऊँटबाट मानिसमा सरेको थियो । नयाँ भाइरसको केसमा, ती जनावरहरुमा चमेराबाटै कोरोनाभाइरस सरेको हुनुपर्छ । चमेराबाट ती जनावरहरुमा र ती जनावरहरुबाट मानिसमा यसअघि पनि कोरोनाभाइरसहरु (उदाहरणका लागि, सार्स, मेर्स) सरेको र अहिले पनि त्यही तरिकाले नोबेल कोरोनाभाइरस सरेको हुन सक्छ ।

यो सिद्धान्त सही हो भने अहिले पनि त्यो भाइरस जनावरहरु, अझ मूलतः चमेरामा एकापसमा सरिरहेको पनि हुन सक्छ । यो झनै खतरनाक स्थिति हो । किनभने, अहिले जस्तै फेरि पछि कुनै पनि बेला अहिले जस्तै महामारी विस्फोटक ढंगले फैलिन पनि सक्छ ।

दोस्रो सिद्धान्तले पनि यो भाइरस जनावरबाटै उत्पत्ति भएको स्वीकार्छ । तर यसले के मान्छ भने यो भाइरसले जनावरहरुमा चाहिँ कुनै रोग देखापरेको छैन । अर्थात् यो जनावर (मूलतः चमेरा) मा सुशुप्त वा निष्क्रिय अवस्थामा नै रहेको छ । तर जसै त्यो भाइरसले मानिसको कोषमा छिरेर बाँच्न सिक्यो, त्यसपछि चाहिँ त्यो रोग लगाउने किसिममा परिणत वा विकसित भएर आयो ।


दोस्रो सिद्धान्तले पनि यो भाइरस जनावरबाटै उत्पत्ति भएको स्वीकार्छ । तर यसले के मान्छ भने यो भाइरसले जनावरहरुमा चाहिँ कुनै रोग देखापरेको छैन । अर्थात् यो जनावर (मूलतः चमेरा) मा सुशुप्त वा निष्क्रिय अवस्थामा नै रहेको छ । तर जसै त्यो भाइरसले मानिसको कोषमा छिरेर बाँच्न सिक्यो, त्यसपछि चाहिँ त्यो रोग लगाउने किसिममा परिणत वा विकसित भएर आयो ।

अनुसन्धानकर्ताहरुले अघि सारेको पछिल्लो (दोस्रो सिद्धान्त) सही हो भने, नोबेल कोरोनाभाइरस पक्कै पनि सालकबाटै उत्पत्ति भएको पनि हुन सक्छ । सालकबाट त्यो भाइरस मानिसमा सरेको हो भने निकट भविष्यमा त्यसले फेरि अर्को नयाँ महामारी ल्याउने सम्भावना चाहिँ कमै छ ।


पानगोलिन अर्थात् सालकमा पाइने कोरोनाभाइरसको स्पाइक प्रोटिनहरुमा नोबेल कोरोनाभाइरससँगै मिल्दोजुल्दो रिसेप्टर बाइन्डिङ डोमिनको संरचना पाइन्छ । मानिसमा कोरोनाभाइरस कसरी सर्यो भनेर अनुसन्धानकर्ताहरुले अघि सारेको पछिल्लो (दोस्रो सिद्धान्त) सही हो भने, नोबेल कोरोनाभाइरस पक्कै पनि सालकबाटै उत्पत्ति भएको पनि हुन सक्छ । सालकबाट त्यो भाइरस मानिसमा सरेको हो भने निकट भविष्यमा त्यसले फेरि अर्को नयाँ महामारी ल्याउने सम्भावना चाहिँ कमै छ । किनभने यो भाइरसले विकसित हुन र नयाँ शिकारलाई संक्रमित तुल्याउने गरी ग्रहण गर्न समय लाग्ने गर्छ ।

आशा र कामना गरौं, नोबेल कोरोनाभाइरस मानिसमा कसरी सर्यो भन्नेबारे अनुसन्धानकर्ताहरुले अघि सारेको पछिल्लो सिद्धान्त नै सही होस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार