टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन् । गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा एड्रोगानले अस्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ ।

छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कफ्र्यु लगाउने पूर्ण जिम्मेवारी आफुलाई पुरा गर्न गाह्रो हुने भन्दै उनले राजीनामा दिएका थिए ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिदै गएपछि टर्कीका धेरै सहरमा कफ्र्यु लगाउने घोषणा गरिएको थियो । ‘गृहमन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छैन,” उहाँले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ,’ राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

गृहमन्त्री सोयलुले भने आफुलाई यस्तो सङ्कटको वेलामा काम गर्ने अनुभव नभएकाले काम गर्न नसक्ने ठानेर राजीनामा दिएको बताएका छन् ।  ‘यो जिम्मेवारी पुरा गर्नका लागि मेरो अनुभव नभएकाले मेरा जनता र राष्ट्रपतिले मलाई माफी दिनुहुनेछ भन्ने आशाका साथ राजीनामा दिएको छु’ उनले राजीनामा पत्रमा लेखेका थिए । गृहमन्त्री सोयलुले गत शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी देशका ३१ प्रान्तमा ४८ घण्टे कफ्र्यु घोषणा गरेका थिए ।

टर्कीमा कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अरु ५५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार