हरेक मानिकसलाई आफ्नो नाम, कृती  रहोस भन्ने हुन्छ। नामका लागि मानिसहरुले अनेक रेकर्ड पनि राख्छन। गिनिज बुक यस्तै नामका लागि बनेको छ।

जहाँ विश्व रेकर्ड बनाएकाहरुको नाम समेटिन्छ। आफ्नो क्षेत्रमा विशेष योगदान गर्नेहरुको पनि उसको जीवन र जीवन पर्यन्त पनि नाम रहन्छ। आफ्नो शेषपछि नाम रहोस भन्नेहरु त्यसका लागि जीवनभरी मेहेनत पनि गर्छन।

फलको आशा नगरि जीवनभर निस्काम भावले सेवा गर्नेहरुको नाम सधै लिइदै आएको छ। यस्ता महापुरुषहरु इतिहासदेखि वर्तमानसम्म जीवित छन्। नेपालमै पनि जीवनभर जनताको पक्षमा काम गरेका नेताहरुको नाममा उनको शेषपछि पनि बाटो विद्यालय अस्पताल लगायतमा नाम जोडिएकै छ। शालिक पनि बनेकै छ।

जीउँदो छँदै यस्ता नेताहरुले आफ्नो नाममा कहि बाटोको नामाकरण गराएनन। नत विद्यालय क्याम्पस वा विश्वविद्यालय अस्पतालको नामाकरण नै गर्न लगाए। तर पनि उनीहरुको नाम आम नागरिक तह र पार्टी पङतीमा आदरका साथ लिइन्छ। त्यस्ता नेताहरुको नामका पछाडी सिंगो पार्टी उभिदै आएको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, गणेशमान सिंह हुन वा तत्कालिन एमालेका महासचिव मदन भण्डारी आफ्नो समयमा आम नागरिकमा अत्यन्तै प्रभाव राख्ने नेता थिए। जस्को प्रभाव आजसम्म नेपालको राजनीतिमा छ। उनीहरुको नाममा उनका समर्थकहरुले देशभर धेरै संरचनाहरुको नामाकरण गरेका छन्। यस्तो नामाकरणमा स्विकारोक्ती पनि पाइन्छ।

अहिले आफूलाई यस्तै श्रेणीमा राखेर भक्तपुरका सांसद महेश बस्नेत आफ्नो देवत्वकरणमा लागेका छन्। यसमा आम नागरिकको स्विकारोक्ती भन्दा पनि जवर्जस्ती बढी देखिन्छ।

गुण्डु ७ को किवा चोकदेखि उत्तरपटि जाने बाटोलाई बस्नेतले आफ्नो नाममा नामाकरण गराएको केहि समय भइसकेको छ। किवा चोकदेखि कटुञ्जे सल्लाघारी जाने बाटो २ सय मिटर पीच गराउन भूमिका खेलेका बस्नेतले सो बाटोको नाम नै महेश मार्ग बनाइदिए।

सो मार्गमा पीच गराउन वा बाटो विस्तारमा उनले व्यक्तिगत रुपमा चन्दा वा दान केहि गरेका थिएनन्। बरु जनताकै कर यसमा खर्च भएको छ। सांसद विकास कोषको रकम, नगरपालिकाको रकम त्यसमा खर्च भएको छ। सरकारी रकम खर्च गरेर आफ्नो नाममा बाटोको नामाकरण गरेपछि अहिले कटुन्जे गुण्डु क्षेत्रमा स्थानीयहरु बस्नेतको नाम मोह देखेर छक्क परेका छन्। स्वयं नेकपा भित्र बस्नेतको देवत्वकरणको विरोध छ। तर खुलेर विरोध गरेमा आक्रमण हुन सक्ने डरले खासै कोहि बोलेका छैनन। ‘स्वयं प्रधानमन्त्री तथा नेकपा अध्यक्षको नाममा बाटोको नामाकरण भएको छैन होला हाम्रा नेतालाई हतारो भयो,’ नेकपाका एक जिल्ला नेताले भने।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको धर्मपुत्र भन्दै जिल्लामा प्रभाव देखाउने बस्नेतलाई अहिले वालुवाटारमै प्रवेश निषेधको चर्चा जिल्ला र गाउँतहसम्म सुनिन थालेपछि उनको बिरोधमा कानेखुसीसम्म हुन थालेको छ।

भौतिक संरचनामा दोहन, जनतामुखी सामाजिक काम भन्दा नाफामुखी कमाउ धन्दा चलाएको र सार्बजनिक स्थान र बाटोको नामाकरणमा सहमति नगरि राजनीतिकरण गरिएपछि अहिले जिल्लामा सांसद महेश बस्नेतको बारेमा अन्य दलका तर्फबाट सार्वजनिक आलोचना बढेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार