जनताले कि त खान देऊ कि घर पुस¥याई देऊ भनेका छन् नि ?
त्यो एकदम सही कुरा हो । अनि अहिले के भइराखेको छ त ? हिजो मात्रै एउटा रेकर्ड आएको रहेछ । अहिलेसम्म देशभरमा ६ लाखभन्दा बढी घरपरिवारले राहत पाइसकेका रहेछन् । यसलाई जनगन्ती हेर्ने हो भने झन्डै २५ लाख जनताले राहत पाइसकेका छन् । हिजो मात्रै काठमाडौं, ललितपुर र भक्तपुरका मेयर सावसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र मैले भेट गरेका थियौं । त्यसमा मुस्लिम आयोगका अध्यक्षलाई पनि राखेका थियौं । उहाँहरुको भनाइ छ, ‘कुन वडामा कहाँनेर त्यस्ता दुःख पाएका खान नपाएका मान्छेहरु छन् देखाइदिउन् तिनीहरुलाई तुरुन्त राहत पुर्याइदिन्छौं ।’
त्यस्ता मान्छेहरु त सडकमा छन् नि ?
तपाईंको कार्यक्रममार्पmत जति पनि मिडियाले लेखिरहेका छन् यसरी दुःख पाए, खान पाएनन् भनेर लेखिरहेका छन् । उहँँहरुले त्यस्ता मान्छेहरु कहाँ छन् मलाई नै बताइदिए हुन्छ । तिनलाई राहत सामाग्रीलगायत जे उपलब्ध गराउनुपर्ने हो हामी गर्छौं । यहाँ जति पनि बुद्धिजीवी, पत्रकार, नेताजीहरु जति जीहरु हुनुहुन्छ उहाँहरुलाई म आग्रह गर्दैछु । त्यसै यस्तो–यस्तो भइराखेको छ भनेर मलाई गाली नसुनाउनु । काठमाडौंं, ललितपुर र भक्तपुरको कुन ठाउँ हो ती ठाउँमा यति घरपरिवार खान पाएका छैनन् भनेर त्यहाँको वडालाई अथवा मेरो मन्त्रालयलाई सूचना जारी गरिदिनुहोला । उहाँहरुलाई खानाको व्यवस्था गर्छौं ।
चितवन, हेटौंडा, काभ्रेलगायतका ठाउँमा पनि त्यस्तै छ नि ?
म अहिले काठमाडौंको कुरा गर्दैछु । बाहिरका जिल्लाहरुमा पनि म त दिनमा १०, १५ जना मेयर सावहरुसँग भिडियो कन्फरेन्समार्पmत प्रत्यक्ष वार्तामै छु नि । म मूल्यांकनको आधारमा होइन तथ्यांकको आधारमा कुरा बुझिरहेको छु । कहाँ बालि भित्र्याउन बितेको छ ? कहाँ बाली लगाउन बितेको सबै बुझिरहेको छु । सबैले भाषण मात्रै गर्नुहोइन । मलाई ठोस कुरा बताउनुप¥यो । कुन जिल्लामा कहाँ भोकमरीमा परेका छन्, कसले राहत पाएको छैन । हामीले धेरै दिन सक्दैनौं । तर, जीवीको पार्जनको लागि उपलब्ध गराउछौं ।
राजधानीबाट धेरै मजदुरहरु लाइन लागेर घर फर्किइरहेका छन् नि ?
मैले यस्तो गाना धेरै सुनिसकेको छु । धेरै पत्रकार साथीहरुलाई म भन्दै छु । अरु गाना, गीत नसुनाऊँ मलाई खाली कहाँ, कुन वडामा कति मान्छे कुन उद्योग वा कारखानामा कति श्रमिकहरुले दुःख पाइरहेका छन् त्यो भनिदिनुपर्यो । उदाहरणको लागि रंगेलीका मजदुरहरु रुपन्देहीमा दुःख पाइरहेका छन् भन्ने कुरा आयो त्यो ठाउँमा हामीले तुरुन्त तिनको व्यवस्था ग¥र्यौं । त्यसरी ठोस–ठोस आयो भने नियत ठीक भएको देखिन्छ । नत्र गाना गाइराख्यो भने नियतै ठीक नभएको देखिन्छ ।
त्यसोभए हाम्रो देशमा कोही जनता भोकभोकै मर्नुपर्दैन होइन ?
मैले भनिहालेँ नि कहाँ छ समस्या ? ठोस रुपले भन्नुपर्छ । गौशाला, भक्तपुर, ललितपुर, जोरपाटी हो कि अथवा देशभरि यो ठाउँका जनतालाई यस्तो अप्ठ्यारो परेको छ भनेर ठोस रुपमा आउनुप¥यो । किन भने यो लडाईं भनेको कोरोनाविरुद्धको हो, राजनीतिक लडाईं होइन । जनतालाई दुःख दिनलाई लकडाउन गरेको होइन, जोगाउनको लागि हो । मै हुँ भन्ने विकसित देशहरुले यही गर्नुपरेको छ भने हाम्रो सामथ्य अनुसार यो विधि अपनाएका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार