कोरोना महामारीका विरुद्धको अभियानामा लागेका डक्टरहरुलाई डरधम्की र त्रासको वातावरण बन्द गर्न चिकित्सा संघर्ष समितिले गंभीर चेतावनी दिएको छ ।

समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले शुक्रबार संयुक्त विज्ञप्ति गरेर सरकारले स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो डरधम्की दिएको भन्दैं त्यस्तो कदम रोक्त चेतावनी दिएका हुन् ।

चन्द र भट्टले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ-

‘चिकित्सा शिक्षा सङ्घर्ष समिति हिजोका दिनदेखि निकै छोटो अवधिमै चिकित्सा शिक्षामा आबद्ध साथीहरूको हकअधिकारका निम्ति साथै बिरामी जनताको सर्वसुलभ उपचारका निम्ति सङ्घर्षरत र माया पाएको सङ्गठन हो । चिकित्सा शिक्षामा आबद्ध हजारौँ साथीहरूको सङ्घर्षबाट जीवन पाएको हाम्रो गौरवशाली सङ्गठन सधैँभरि यस क्षेत्रमा भएको अनियमितता, भ्रष्टाचार, कालोबजारी, दलाली र गुण्डागर्दीको सशक्त प्रतिरोध र विरोध गर्दछ । देशमा कोरोनाले भयावह स्थिति लिँदै गर्दा सरकार स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार, अग्रपङ्क्तिमा रहेका चिकित्सकहरूलाई अनावश्यक दुःख दिने, सुरक्षाका साधन र उपकरणको कालोबजारी र कमिसन बनाएर कृत्रिम अभाव उत्पन्न गर्ने, टेस्ट किटको व्यवस्था नगर्नेजस्ता घिनलाग्दा काममा लिप्त भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ-

‘यी सबै किसिमको रबैयाबाट के प्रस्ट हुन्छ भने नेपालमा कोरोनाको वृद्धिदर सरकारको पहलकदमीका कारणले होइन, यो त खोजकर्ताहरूले भनेजस्तो तापक्रम बढ्दै जाँदा त्यस किसिमको गुणात्मक वृद्धिदर पकड्न सकिरहेको छैन । तर यो प्राकृतिक न्यूनीकरण सकिएलगत्तै सरकारको यही रबैया कायम हुने हो भने निकै भयावह स्थिति पैदा हुने निश्चित छ । त्यसकारण हामी सरकारलाई अपिल गर्न चाहन्छौँ– यी सबै किसिमका घिनलाग्दा काम छाडेर जतिसक्दो चाँडो कोरोना रोकथाममा सक्रिय सहभागी बनौँ । देशको यो परिस्थितिमा सरकारले डाक्टर, नर्स, अन्य पारामेडिक्स, बुद्धिजीवी र युवाहरूको विभिन्न समूह बनाएर देशव्यापी गाउँगाउँमा कोरोनाविरुद्ध ठोस योजना र कार्यक्रम लिएर आओस् । हामी सरकारसँग सहकार्य गरी अगाडि बढ्न र जनतालाई यो कठिन परिस्थितिमा सहयोग र सेवा दिन तयार छौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चितवन मेडिकल कलेजमा अध्ययनरत सङ्घर्ष समितिका साथीहरूले त्यस अस्पतालमा कार्यरत डाक्टर, नर्स र अन्य मजदुरहरूलाई ७० थान एन ९५ मास्क र ग्लोब्स वितरण गरी सहयोग गर्नुभएकोमा उहाँहरूप्रति सम्मान व्यक्त गर्दै थप अन्य स्वास्थ्य शिविर तथा स्वास्थ्य सामग्री वितरणका कार्यक्रम सञ्चालन गरी जनतालाई सहयोग गर्न पनि अपिल गर्दछौँ ।’

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार