
विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी), नेपाली काङ्ग्रेस निकट नेविसङ्घलगायत ६ विद्यार्थी सङ्गठनले सांसद अपहरणजस्तो जघन्य घटना गराउनेहरूमाथि सरकारले कारबाही नगरे आफूहरू कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
नेकपा निकटअखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनीष मिश्र, राप्रविस (संयुक्त) का अध्यक्ष धनसुर शाही र अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिङ्गो विश्व कोरोना (COVID-19) को सङ्क्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाका कारण पूर्ण लकडाउन गरी ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पूर्ण नेपालीको शिर निहुरिने अवस्था उत्पन्न भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबै राजनीतिक दल तथा सम्पूर्ण जनता एकताबद्ध भई कोरोना महामारीविरुद्ध लडिरहेको यस गम्भीर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो आपराधिक तथा लज्जाजनक कार्यको घोर भत्र्सना गर्दछौँ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरी गराइएको यो अपहरणकाण्डमा संलग्न रहेकाहरूलाई सरकारले कारबाही नगरे हामी आफैँ कारबाही गर्न बाध्य हुनेछौँ ।’
विज्ञप्तिको पूर्णपाठ…








