एक वर्षदेखि जेलमा रहेका विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनले आजको साम्राज्यवाद अति केन्द्रीकृत भएर आएकोले एकीकृत जनक्रान्ति आवश्यक रहेकोमा जोड दिएका छन् ।

पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा ललितपुरस्थित नख्खु कारागारमा रहेका नेकपानिकट आस्थाका बन्दीहरुको एक कार्यक्रममा नेता सुदर्शनले यस्तो बताएका हुन् ।

ढिला गरी प्राप्त समाचारअनुसार कारागारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद भएकाले नयाँ विकल्प आवश्यक रहेको बताए । ‘लेनिनलाई सम्झनु भनेको ठोस वस्तुको ठोस विश्लेषणका आधारमा नयाँ क्रान्ति गर्नु हो’, उनले भने ।

लेनिनका बारेमा संश्लेषण गर्दै सुदर्शनले भने, ‘लेनिनले आफ्नो समयमा पुँजीवाद साम्राज्यवादमा विकास भएको विश्लेषण गरेर क्रान्ति गुर्नभएको थियो । हामीले साम्राज्यवाद अति केन्द्रीकृत र अति एकाधिकारवादी भएकाले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशासहितको नयाँ क्रान्ति आवश्यक भएको बताएका छौँ ।’

नेकपाका नेता सुदर्शनले विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिरहेको कोरोना भाइरस र राजनीतिक व्यवस्थाका बारेमा बारेमा सामञ्जस्य रहेको चर्चा गर्दै भने, ‘मूलतः नयाँनयाँ भाइरसहरू उत्पन्न हुनुको कारण पुँजीवादी व्यवस्थाले वातावरण र प्रकृतिमाथि गरेको विनाश हो । यसले प्रकृतिमा खलल पु¥याउँछ र मानिसमा त्यसको असर पर्दछ । मानिसहरूको रोग प्रतिरोधात्मक क्षमतामा फरक असर र परिवर्तन गर्ने कारणले स्वास्थ्य सङ्कट उत्पन्न हुने गर्दछ ।’

उनले अगाडि भने, ‘कोरोना सङ्कटले पनि नयाँ विश्व व्यवस्थाको माग गरेको छ । यस्ता सङ्कटहरू बेलाबेलामा आउने गरेकाले यस्ता सङ्कटहरूको समाधान कसरी गर्ने भन्ने विषयमा नयाँ परिस्थितिको विश्लेषणको आवश्यकता पर्दछ । पुँजीवादी एकाधिकारको अन्त्य गर्न विश्वमा वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने महसुस गराएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार