भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भएको चोरीको घटनालाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सो पार्टीका चितवन जिल्ला समितिका सेक्रेटरी विजय शर्माले एक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विश्व समुदायसहित नेपालीहरु समेत कोरोना महामारीबाट पीडित भैरहेका बेला जनताको रगत र पसिनाबाट निर्माण भएको अस्पतालमा चोरीको घटना हुनु गम्भीर विषय भएको जनाउँदै विज्ञप्तीमा  उक्त कार्यप्रति रोष प्रकट गरिएको छ । साथै यो घटनामा संलग्न कर्मचारीमाथि तुरुन्त कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा घटनालाई टालटुल पारी दोषी व्यक्तिलाई उन्मुक्ति दिने कार्य गरिएमा त्यस्ता व्यक्तिहरुमाथि कार्वाही गर्न वाध्य हुने समेत चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार