सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चौथो वरीयताका नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष नस्वीकार्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाएर पार्टीभित्रको विवाद व्यवस्थापन गर्न सकिने बताएका थिए ।

परामर्शमा रहेका नेता नेपालले ओलीलाई प्रधानमन्त्रीमा कायमै राख्नेगरी अध्यक्ष पद स्वीकार्न नसकिने निष्कर्ष निकालेको उनी निकट नेताले बताए । बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो । भेटमा पनि नेता नेपालले स्पष्टसँग आफ्नो अडान राखेको ती नेताको दाबी छ ।

प्रधानमन्त्रीमा आफू कायमै रहने र नेताहरूको व्यवस्थापन भयो भन्ने सन्देश प्रवाह गर्न ओलीले तेस्रो अध्यक्षको प्रस्ताव ल्याएको नेपालको बुझाइ छ ।

वामदेवलाई प्रधानमन्त्री स्वीकार्ने पक्षमा भने गठबन्धनमा एक मत छ । नेपाल पक्ष पनि त्यसमा राजी छ ।

“वामदेव त्याग र सङ्घर्ष गरेरै यहाँसम्म आइपुग्नुभएको नेता हो । उहाँलाई प्रधानमन्त्री स्वीकार्ने सबालमा अरू नेताबीच विमति छैन । प्रधानमन्त्रीले असल मनसायले प्रस्ताव ल्याउनुभएको हो भने भोलिको बैठकमा थप प्रकाश पार्नु होला– कुन क्षेत्र खाली गर्ने ? कहिलेसम्म निर्वाचन गर्ने ?” नेपाल समूह भन्छ, “मूर्त प्रस्ताव आयो भने हामीलाई पनि वामदेवलाई प्रधानमन्त्री स्वीकार्न कुनै कठिनाइ छैन ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार