
सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच सचिवालय बैठकपूर्व छु्ट्टैं बैठक बसेको छ ।
आजको सचिवालय बैठकमा दाहाल र नेपालको रणनीति भनेको प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वामदेवलाई प्रधानमन्त्री बनाउनको लागि लिखित सहमति भएको छ ।
दाहाल नेपालनिकट एक नेताले भने,”आजै प्रधानमन्त्रीको राजीनामा दिन सहमति गराउने । बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्न लगाउने र त्यसको लागि कानूनी र संवैधानिक बाटो तय गर्न लगाउने उहाँहरुको तयारी छ ।
तर, आजको बैठकमा उधारो सहमति हुँदैन भनेर नेताहरुले भन्नुभएको छ । जे हुन्छ आज लिखित रुपमा हुनुपर्छ भनिएको छ । यसअघि नै स्थायी कमिटी बैठक बोलाउन माग गरिएको छ । बैठकको पनि मिति तय गर्नुपर्छ । यदि प्रधानमन्त्रीले बैठक बोलाउन मान्नुभएन भने अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटी डाक्ने पनि तयारी छ।”
त्यसैले आजको सचिवालय बैठकमा पार्टीको स्थायी कमिटीको बैठकको मिति तोक्नको लागि दाहाल र नेपालले दबाब दिने पनि ती नेताको दाबी छ ।







