नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री बन्न खोजेपनि सचिवालयले सांसदको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव कहिले हुने कुनै निश्चित छैन । चुनाव घोषणा नहुँदै नेकपाले वामदेवलाई उम्मेदवार बनाएर अचम्मको निर्णय गरेको छ ।

यस्तै नेकपाले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाएको छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मालोचना गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको उधारो सहमति पूरा हुन्छ या हुँदैन, त्यो भने केही समयी कुर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार