
नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल आफनो कार्यकालमा जसरी चर्चामा रहे अवकाश पछि पनि उनी अहिले चर्चाकै केन्द्रमा छन् । अपराधिक क्रियाकलाप गर्नेहरुका लागि गोमन सर्प झै ठडिदै आएका उनी अहिले सांसद यादव प्रकरणमा मुछिएका छन् ।
प्रहरी संगठनको उच्च ओहदामा बसेर काम गरिसकेका उनलाई राम्रैसँग थाहा हुनुपर्ने हो, कस्ता कार्यहरु अपराधिक कार्यभित्र पर्छन भनेर ।पछिल्लो समय अहिले सांसद अपहरणको घटनाप्रति सर्वत्र वहस र टिप्पणी हुन थालेको छ । जुन घटनामा उनी पनि मुछिएका छन् ।
पूर्वमहानिरीक्षक खनाल र नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरूद्ध अपहरण तथा शरिर बन्दकको आरोप लागेको छ।
डा सुरेन्द्र यादवलाई अपहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याइर्पुयाएको आरोपमा जनता समाजवादीले उनीहरुविरुद्ध मुद्दा प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ ।तर किटानी जाहेरी भने दर्ता गर्न प्रहरीले अस्वीकार गरेको सो दलको आरोप छ ।
अभियोग दर्ता भएसँगै कानूनी प्रक्रिया अनुसार कारबाही अगाडि बढ्ला या यस घटनालाई यतिकै सामसुम पारिएला यो ओली सरकारकै हातमा छ ।अपहरित परेको भनिएका डा यादवले ठोस शब्दमा अपहरण नै गरिएको नभने पनि उनीहरुको नियममाथि भने शंका गरेका छन्।
राजनीतिलाई फोहोरी खेल भनिदै आएको पनि यस्तै गतिविधिले गर्दा होला भन्ने कुरा सहजै बुझन सकिन्छ ।
राजनीतिको यस खेलमा सांसदद्वय बस्नेत र श्रेष्ठको भूमिकाको विषयमा धेरैलाई अचम्म नलाग्न सक्दा तर पूर्वआइजीपी समेत मुछिएपछिको भन्ने खबर बाहिर आएपछि भने सबैलाई आश्चर्य लागेको छ ।
राजनीतिक स्वार्थका लागि खनाल पूर्वस्वास्थ्य राज्यमन्त्री यादवलाई लिन गएकोबारेमा धेरै कुरा बाहिर नआए पनि उनले भने यादवसँग पहिलेदेखि नै राम्रोसँग चिनजान भएको र यसलाई अपहरण भन्न नमिल्ने बताउँछन् ।
कुनै सिनेमाको पर्दामा देखिएको जस्तै कसैलाई चारहात खुट्टा बाँधेर अनि आँखामा पट्टी लगाएर घिसार्दै लगेमात्र अपहरण हुने नत्र नहुने भन्ने होइन भनेर कानूनका ज्ञाताहरु बताउँछन् । शक्तिको आडमा कसैको इच्छा विपरीत हुने क्रियाकलाप पनि जबरजस्ती र अपहरण अन्तर्गत नै मानिन्छ ।
मुलुक लकडाउनमा रहेको समयमा सबैलाईले घरमा नै बसेर सहयोग गर्नु पर्ने अवस्थामा भूतपूर्व भईसकेका प्रहरी महानिरीक्षकले भने यसरी निर्धक्कसँग हिड्न मिल्छ ?अहिले सर्बेन्द्र खनालमाथि पदको प्रलोभनमा परेर गैरकानूनी काम गरेको भनेर सामाजिक संञ्जालमा समेत आलोचना भईरहेको छ।
हुन त जुनसुकै पदमा रहेको भएपनि भूतपूर्व भईसकेपछि सबैको अधिकारी सबैसाधारण सरह नै हुन्छ र उसले राजनीतिदेखि लिएर जुनसुकै पेशा व्यवसाय गर्न सक्छन् र पाउँछन् पनि ।तर खनाल यसरी राजनीतिमा सक्रिय रुपमा लागेको भन्ने कुरा कमैलाई मात्र थाहा थियो ।
हुन त हिजो पनि उनले अदृष्य राजनीति गरेरै पद हत्याएका हुन् भनेर कतिपय तर्क गर्छन । आज उनी यस्तो कार्यमा सामेल भएको कुरा बाहिर आइरहँदा मानिसहरु आआफ्नै किसिमले अनुमान र तर्क गर्छन् ।
कि उनले पद्मा रहँदा पदिय आचार विपरीतको काम गरेका थिए र अहिले कारबाहीमा मुछिने डरले राजनीतिक संरक्षण खोजेका हुन् अथवा उनी कुनै पदमा पुन नियुक्ति लिन ओलीलाई रिझाउन खोज्दैछन् ।
मूलुकी अपराध(संहिता)ऐन२०७४ को भाग २ को परिच्छेद १७ मा भने कसैलाई अपहरण गरी शरिर बन्धक बनाएको कसूरमा १०देखि १५ वर्ष कैद तथा १ लाखदेखि १लाख ५० हजारसम्म जरीवान हुने व्यवस्था छ ।







