
सत्ताधारी नेकपा उपाध्यक्ष वामदेव गौतमले आफु प्रचण्ड र माधव नेपाललाई सन्देश पठाएर ‘केपी ओलीतिर नलागे’को बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयको निर्णयबाट पछि हट्ने सङ्केत पाएपछि मंगलबार नै वामदेवले सन्देश पठाएका थिए । र, आफू तटस्थ रहेको बताएका थिए ।
मंगलबार साँझ नेता नेपाललाई मनाउने कोसिस गरेका वामदेव बुधबार बिहानै प्रचण्ड निवास पुगेका थिए । उपाध्यक्ष गौतम बिहान ९ बजे खुमलटार पुगेको प्रचण्ड स्रोतले जानकारी दियो ।
प्रचण्ड र नेता गौतमबीचको संवादबारे स्रोतले खुलाउन चाहेन । शनिबारको सचिवालय बैठकमा नेता गौतमले साथ दिएपछि प्रधानमन्त्री ओलीको राजीनामा टरेको थियो ।
स्थायी कमिटी बैठक नजिकिँदै जाँदा नेता गौतमले क्याम्प परिवर्तन गर्ने सङ्केत देखिएको छ ।
किनकि प्रधानमन्त्रीको पद नपाउनेजस्तैं निश्चित भएकोले वामदेवले ओली क्याम्प छाड्ने निश्चित भएको गौतम निकट स्रोतले बतायो ।







